अमेरिकी कामदार भिसाका लागि शीघ्र प्रकृया सुरु


प्रकाशित मिति : जेष्ठ २५, २०७६ शनिबार

आर्थिक बर्ष २०२० का लागि बचेका सिमाबन्दी लागेका एचवान बी आवेदनहरुमा युएससीआईएसले जुन १० देखि शीघ्र प्रकृया सुरुवात गर्ने भएको छ । जुन १० देखि लागु हुनेगरी आवेदकहरुले आफ्नो आवेदन प्रकृयामा रहेको सेवाकेन्द्रमा शीघ्र प्रकृयाका लागि फर्म आई ९०७ आवेदन दिनसक्ने युएससीआईएसले जनाएको छ ।

गत मार्च १९ मा युएससीआईएसले दुईचरणमा शीघ्र प्रकृयाको लागि आब्हान गरिने जनाएको थियो । केहीबर्षदेखि युएससीआईएसले उच्च मागका कारण एचवान बीमा शीघ्र प्रकृयालाई खारेज गरेको थियो ।

कुनै सिमाबन्दी नभएका एचवानीको सिमा अवधि थप लगायतका आवेदनमा भने शीघ्र प्रकृया खुला रहेको युएससीआईएसले जनाएको छ । जुन १० देखि लागु हुनेगरी जुन २४ सम्म प्रिपेड पत्रको सट्टा नियमित पत्रहरु प्रयोग गर्ने युएससीआईएसले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com