Follow @khasokhasmag

यसरी चेक गर्नुहोस् डिभी लोटरी परे नपरेको


प्रकाशित मिति : बैशाख २४, २०७६ मंगलबार

गत अक्टोबर ३ देखि नोभेम्बर ६ सम्म डिभी लोटरी भरेकाहरुले आर्थिक बर्ष सन् २०२० का लागि भरेको डिभी लोटरीको नतिजा २०२० को सेप्टेम्बरसम्म  चेक गर्न सक्नेछन् ।

विजेताहरुले सन् २०१९ को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न थाल्नेछन् भने सन् २०२० को सेप्टेम्बरको अन्त्यसम्ममा भिसा प्राप्त गरिसक्नुपर्नेछ । अमेरिकी सरकारले आर्थिक बर्ष २०२० का डिभी विजेताहरुलाई आफ्नो कन्फर्मेशन नम्बर सन् २०२० को सेप्टेम्बरसम्म आफूसँग राख्नलाई सुझाव दिएको छ ।

डिभी लोटरी परे नपरेको चेक गर्न यहाँ क्लिक गर्नुहोला ।

अहिले भिसा पाइरहेकाहरु सन् २०१७ को अक्टोबर १८ देखि नोभेम्बर २२ सम्म डिभी लोटरी भरेर विजेता हुनेहरु हुन् । उनीहरुले आगामी सेप्टेम्बरको अन्त्यसम्म अमेरिकाको भिसा प्राप्त गर्नेछन् ।

आर्थिक बर्ष २०२१ का लागि भने आगामी अक्टोबरमा डिभी लोटरी खुल्नेछ । रिपब्लिकन सिनेटरहरुबाट डिभी लोटरी अन्त्यका लागि अमेरिकी सिनेटमा बिल पेश गरिएको भएतापनि डेमोक्र्याटको बाहुल्य रहेको हाउसबाट भने यो बिल पारित भएर लागु हुने सम्भावना निकै न्यून रहेको छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com