डिभी विजेता नेपालीहरुलाई अगस्तमा सिमाबन्दी नलाग्ने


प्रकाशित मिति : जेष्ठ ३०, २०७६ बिहीबार

डिभी विजेता नेपालीहरुलाई आगामी अगस्तमा केस नम्बरमा कुनै सिमाबन्दी नलाग्ने भएको छ । अमेरिकी सरकारको विदेशमन्त्रालयले जारी गरेको भिसा बुलेटिन अनुशार आगामी अगस्त महिनामा कुनै पनि केस नम्बर भएका नेपालीहरुले डाइभर्सिटी भिसाका लागि प्रकृया अगाडि बढाउन सक्नेछन् ।

जुलाई महिनाका लागि भने ६ हजार २ सय ७५ सम्म केस नम्बर हुने नेपालीहरुलेमात्र भिसा प्रकृया अगाडि बढाउन सक्नेछन् । जुलाईका लागि नेपाल र इजिप्टका लागिमात्र सिमाबन्दी तोकिएको छ । तर अगस्त महिनाका लागि भने विश्वका कुनै पनि देशका डिभी विजेताहरुलाई सिमाबन्दी तोकिएको छैन ।

आर्थिक बर्ष २०१९ का लागि डिभी विजेताहरु सेप्टेम्बरको अन्त्यसम्ममा अमेरिकाको भिसा प्राप्त गरिसकेको हुनुपर्छ । सेप्टेम्बरको अन्त्यसम्ममा भिसा प्राप्त नगर्ने डिभी लोटरी विजेताहरु अमेरिका आउन पाउने छैनन् । उनीहरुको डिभी लोटरी स्वत खारेज हुनेछ ।

आर्थिक बर्ष २०२० का लागि डिभी जितेकाहरुले आगामी अक्टोबर १ बाट भिसा प्राप्त गर्नेछन् । गत मे महिनामा आएको परिणाममा डिभी जित्ने उनीहरुले सन् २०२० को सेप्टेम्बर अन्त्य सम्म भिसा प्राप्त गर्नेछन् । आफूलाई डिभी लोटरी परे नपरेको सरकारको आधिकारिक वेवसाइटमार्फत चेक गर्न सकिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आर्थिक बर्ष २०१९ का लागि ३६३३ जना नेपालीहरुलेमात्र डिभी लोटरी जितेका थिए । डिभी लोटरी जित्ने एउटा देशबाट अधिकतम लगभग ३७ सय जनालेमात्र भिसा प्राप्त गर्दै आएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com