अमेरिकी भिसाको फर्म भर्दा सामाजिक सञ्जालको विवरण बुझाउनुपर्ने प्रावधान सुरु


प्रकाशित मिति : जेष्ठ २०, २०७६ सोमबार

अब अमेरिकी भिसाका लागि आवेदन दिंदा आवेदकले सामाजिक सञ्जालका विवरणहरुसमेत बुझाउनु पर्ने भएको छ । आवेदकले विगत पाँचबर्षमा प्रयोग गरेका सामाजिक सञ्जालहरुको विवरणहरु भिसा फर्म भर्दा नै बुझाउनुपर्ने भएको छ ।

भिसा फर्म डीएस १६० मा सामाजिक संजालको विवरण बुझाउने छुट्टै सेक्सनको व्यवस्था गरिएको छ । जसमा आवेदकले विगत पाँचबर्षमा प्रयोग गरेका फेसबुक, ट्वीटर, इन्स्टाग्राम, युट्युब लगायतका विवरणहरु बुझाउनुपर्नेछ । यदि सामाजिक सञ्जाल प्रयोग नगरेको भएमा त्यसको जानकारी समेत प्रदान गर्नुपर्छ ।

यसरी बुझाइएका विवरणले अमेरिकी सरकारले व्यक्तिका बारेमा थप जानकारी प्राप्त गर्न मद्दत पुग्नेछ । फोटोहरु, जन्ममिति, माइलस्टोन लगायतका अन्य व्यक्तिगत विवरणहरु सामाजिक सञ्जालमार्फत अमेरिकी सरकारले प्राप्त गर्नेछ । तर सामाजिक सञ्जालका पासवर्डहरु भने नबुझाउन फर्ममा सचेत गराइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले भिसाको चेकजाँचमा कडाईका लागि सन् २०१७ मा जारी गरेको मेमो अनुशार सरकारले यो कदम चालेको हो । यो परिवर्तनले झण्डै १५ मिलियन व्यक्ति प्रभावित हुने जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com