ग्रिनकार्ड वाहकका दम्पत्ति र छोराछोरीको लागि भिसा करेन्ट, अब ग्रिनकार्ड फटाफट


प्रकाशित मिति : जेष्ठ ३०, २०७६ बिहीबार

ग्रिनकार्ड बाहकका दम्पत्ति र छोराछोरीहरुले अमेरिकाको आप्रवासी भिसा प्राप्त गर्नका झण्डै २ बर्षसम्म कुनुपर्ने अवस्था कायम रहदै आएकोमा जुलाई महिनादेखि त्यो अवस्थाको अन्त्य भएको छ । यो अवस्था आगामी सेप्टेम्बरसम्म जारी रहनसक्ने अपेक्षा गरिएको छ ।

जुनमहिनासम्मको अवस्था हेर्दा सन् २०१७ को जुलाई १५ भन्दा अगाडि प्राथमिकता मिति भएका ग्रिनकार्ड बाहकका दम्पत्ति र छोराछोरीहरुलाई मात्र भिसा दिइदै आएको थियो । तर जुलाईमा सन् २०१९ को मार्च भन्दा अगाडि प्राथमिकता मिति भएका ग्रिनकार्ड बाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुले आप्रवासी भिसा प्राप्त गर्ने जनाइएको छ ।

जुलाई महिनाका लागि प्रकाशित भिसा बुलेटिन हेर्दा ग्रिनकार्ड बाहकका दम्पत्ति र छोराछोरीहरुले अमेरिकी ग्रिनकार्ड प्राप्त गर्ने गरी आप्रवासी भिसा प्राप्त गर्नका लागि लामो समय कुर्नु नपर्ने भएको छ । मागको स्तर बढाउने अवस्था सृजनागर्ने प्रयास स्वरुप भिसा करेन्ट गरिएको अमेरिकी विदेशमन्त्रालयले जनाएको छ ।

ग्रिनकार्डको बार्षिक कोटा पूर्णरुपमा उपयोग गर्नेगरी ग्रिनकार्डको अन्तिम निर्णय कुरिरहेका आवेदनको संख्या प्रयाप्त नभएका कारण भिसा करेन्ट गरिएको जनाइएको छ । तर यो अवधि लामोसमयसम्म भने जारी नरहने जनाइएको छ । अर्थात् आर्थिक बर्ष २०२० सुरुवात हुनासाथ अर्थात् आगामी अक्टोबरदेखि भने सिमाबन्दी लाग्ने सम्भावना रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com