नयाँ के छ - Page 2 of 1754 - KHASOKHAS

नयाँ के छ

विप्लव बन्दकाे : ठाउँ-ठाउँमा बम, शैक्षिक संस्था पनि बन्द

प्रहरीले कार्यकर्ता हत्या गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले  आज नेपाल बन्द गरेको छ । बन्दका कारण काठमाडौँ उपत्यका सहित देशभरका जनजीवन प्रभावित भएको छ । बन्दको कारण राजधानीमा सार्वजनिक सवारी साधानहरु कमै चलेका छन् । अन्य बन्दका तुलनामा निजी सवारीसधानहरु सडकमा कम गुडेको छन् । उपत्यकाका निजी शैक्षिक संस्थाहरुले पठनपाठन नै बन्द गरेका छन् । यसकाे …

पार्टी एकताको समझदारीबाट पछि हट्न खोजे दुर्घटना : दाहाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको समझदारीबाट पछि हट्न थाले दुर्भाग्य हुने बताएका छन् । नेकपा चितवनको शपथ ग्रहण कार्यक्रम र पहिलो बैठकलाई सोमबार भरतपुरमा सम्बोधन गर्दै उनले सहमतिबाट लड्खडाउन थाल्दा र स्थार्थतिर केन्द्रित भएमा पार्टी एकतालाई प्रभाव पर्ने बताए । ‘पार्टी एकता गर्दा जे जे कुरालाई आधार बनाएर समझदारी गरेका …

जनप्रतिनिधिलाई सलामीको भोक !

प्रहरीको समारोह व्यवस्थापन निर्दे्शिकामा स्थानीय तहका पदाधिकारीलाई सलामी दिने कुनै प्रावधान छैन । निर्दे्शिकामा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, प्रहरी महानिरीक्षक, गृहसचिव, क्षेत्रीय प्रशासक, प्रजिअ र न्यायाधीशलाई औपचारिक कार्यक्रममा सलामी दिइने उल्लेख छ । त्यस्तै, राजदूतहरूलाई औपचारिक कार्यक्रममा महामहिम सलामी दिइन्छ । अन्य वरिष्ठ प्रहरी अधिकारीलाई अनुगमनका क्रममा जाँदा मात्र सलामी दिइन्छ । सामान्यतया प्रहरी कार्यालयको …

बालविवाह रोक्न ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम   

दुर्गा देवकोटा / बालविवाह न्यूनीकरणका लागि टीकापुर नगरपालिकाले ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम ल्याउने भएको छ । नगरपालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममा आउँदो साउन १ गतेपछि नगरपालिकाभित्र जन्मिएका प्रत्येक छोरीको बैंक खाता खोली वाषर््िाक एक हजार रकम उपलब्ध गराइने उल्लेख छ । तर उक्त रकम २० वर्षअघि विवाह गर्ने छोरीलाई …

हुकुमी शैलीमा प्रधानमन्त्रीको शासन : सांसद भुषाल

सांसद पुष्पा भुषालले प्रधानमन्त्री केपी शर्मा ओलीले विधिको शासनको ठाडो उल्लङ्घन गरी हुकुमी शैलीमा शासन गर्दै आउनुभएको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभाको आजको शून्य समयमा उहाँले कारागार ऐनको दफा ११ र २५ उल्लङ्घन गरी उपचारका क्रममा रहेका सांसद रेशम चौधरीको खुट्टामा लगाइएको नेल फुकाल्ने र नेल लगाउने कारागारका कर्मचारीलाई कारवाही गर्न ठाडो आदेश दिनु प्रधानमन्त्री …

इन्डोनेसियामा शक्तिशाली भूकम्प  

(एएफपी) – इन्डोनेसियाको पूर्वी भेगमा सोमबार ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । निकै दुर्गम स्थानमा भूकम्प गएका कारण जनधनको क्षतिको विवरण तत्काल प्राप्त नभएको अधिकारीहरुले बताएका छन् । इन्डोनेसिया सरकारले सुनामीको चेतावनी भने दिएको छैन । तर भूकम्पको धक्का अस्ट्रेलियासम्म महसुस गरिएको थियो । अमेरिकी भौगर्भिक सर्भेका अनुसार इन्डोनेसियाको आम्बोन …

दुई युवतीमाथि सामूहिक बलात्कार   

रुपन्देहीमा दुई युवतीमाथि सामूहिक बलात्कार भएको छ । गैडहवा गाउँपालिकाका– २२ वर्षका दुई युवतीलाई असार २ गते राति युवाहरुको समूहले बलात्कार गरेको हो । पीडकले घटना सार्वजनिक गरे ज्यान मार्ने धम्की दिएकाले बाहिर ल्याउन ढिलाइ भएको स्थानीयवासीले बताए । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा गैडहवा गाउँपालिका–८ का जीवन ज्ञवालीलाई पक्राउ गरेको छ भने अर्का अरोपी …

एउटै गाउँमा ४२ टन मह उत्पादन   

पूर्वी चितवनको राप्ती नगरपालिका–११ थाकलटारस्थित ग्रामीण बस्तीमा यो वर्ष ४२ टन मह उत्पादन भएको छ । जनजाति बाहुल्य यस बस्तीका ५७ घरपरिवारले व्यावसायिक मौरीपालन गर्दै आएको छ । थाकलटार मौरीपालन, तरकारी र च्याउ उत्पादन बहुउद्देश्यीय कृषक समूहका सचिव धर्मराज लामाका अनुसार एक परिवारले २० देखि तीन सय घारसम्म मौरी पालेका छन् । त्यहाँ चिउरीको मह …

९४० चालक कारवाहीमा  

ट्राफिक प्रहरीले तोकिएको गतिभन्दा बढी गतिमा सवारी चलाउने ९४० सवारी चालकलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले तीव्र गतिका कारण उपत्यकामा दुर्घटना बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न गति तोकेर कारवाही गरेको हो । महाशाखाले यही जेठ २८ देखि उक्त नियम लागू गरेर कारवाही गर्दै आएको छ । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार …

९ नम्बरलाई ६९ बनाएर स्वर्णपदक दिलाइयाे

त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले ९ नम्बर ल्याएका विद्यार्थीलाई ६० नम्बर थपेर ‘गोल्ड मेडल’ दिलाएको खुलासा भएको छ । स्नातकोत्तर तहको एक विषयमा ९ नम्बर ल्याएका सुरेन्द्र कोइरालालाई पनिका कर्मचारीले ६९ नम्बर दिएर ‘सर्वोत्कृष्ट’ बनाएका हुन् । कोइराला अधिवक्ता हुन् । पाटन क्याम्पसमा मानविकी संकायअन्तर्गत अर्थशास्त्रका विद्यार्थी कोइरालालाई ‘गोल्ड मेडल’ दिलाउन कम्तीमा ३ वटा विषयमा …

WP Facebook Auto Publish Powered By : XYZScripts.com