नयाँ के छ - KHASOKHAS

नयाँ के छ

अष्ट्रेलियामा सबैभन्दा बढी तलब मिल्ने जागिरको नयाँ सूची सार्वजनिक

अष्ट्रेलियाको ट्याक्स अफिसले अष्ट्रेलियामा सबैभन्दा बढी तलब मिल्ने जागिरको नयाँ सूची सार्वजनिक गरेको छ । सार्वजनिक भएको सूची अनुसार, मेडिकल क्षेत्र, इञ्जिनियरिङ्ग र फाइनान्सियल म्यानेजमेन्ट सम्बन्धि पदमा रहेको काम गर्ने व्यक्तिको तलब सबैभन्दा बढी छ । अष्ट्रेलियामा सबैभन्दा धेरै तलब पाउने यी हुन् १० जागिर र उपलब्ध हुने औसत तलब ( डलरमा ) Surgeon      …

बन्दुकधारीको आक्रमणमा बसमा यात्रा गरिरहेका १४ यात्रुको मृत्यु

पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बन्दुकधारीहरुले बसमा यात्रारत १४ जनाको हत्या गरेका छन् । अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार बन्दुकधारीहरुले पाँचवटा बसमा सवार यात्रुहरुलाई बसबाट ओरालेर गोली प्रहार गरेका थिए । आक्रमणकारीहरुले अर्धसैनिक फ्रन्टियर कप्र्सका पोशाक पहिरिएको प्रान्तीय गृह सचिव हैदर अलिले एएफपीलाई जानकारी दिए । उनले भने, “बन्दुकधारीहरुले गुडिरहेको बसलाई रोके, त्यसपछि बस भित्रका यात्रुलाई बाहिर …

के यो मोदीको चुनावी –यालीको हो यो तस्बिर ? यस्तो छ वास्तविकता

बीबीसी  फेसबुक र ट्वीटरमा यो एरियल फोटोग्राफ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पश्चिम बंगालमा भएको चुनावी जनसभा बताएर सेयर गरिँदैछ । दक्षिणपन्थी रुझान भएको सोसल मिडिया ग्रुपमा केही मानिसहरुले यो तस्बिर पश्चिम बंगालमा ११ अप्रिलमा भएको पहिलो चरणको मतदान अघिको दाबी गरिरहेका छन् । धेरैजसो सोसल मिडिया प्रयोगकर्ताले यो तस्बिरलाई मोदीको कूच विहारमा भएको चुनावी –याली …

उपत्यकामा तीन करिडोर निर्माण ,घट्यो जाम

ट्राफिक प्रहरीले उत्पत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन तीनवटा करिडोर सञ्चालनमा ल्याएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण कार्ययोजनाअन्तर्गत बालकुमारी पुल, गोपीकृष्ण पुल र भत्केको पुलमुनिको करिडोर सञ्चालनमा ल्याएको हो। करिडोर सञ्चालनमा आएसँगै ठूला तथा साना सवारी साधन करिडोर हुँदै आवतजावत गर्न थालेपछि सवारी आवतजावतमा सहज हुनाका साथै दुर्घटनामा कमी आएको …

नेपाल यू-१९ विश्वकपमा छनोट हुन बाट चुक्यो

नेपालले २०२० को यू-१९ विश्वकप क्रिकेट गुमाएको छ । मलेसियामा बिहीबार सम्पन्न छनोट प्रतियोगितामा वर्षाले प्रभावित  खेलमा युएइसँग व्यहोरेको एक रनको हार नेपाललाई घातक बन्यो। युनाइटेड अरब इमिरेट्सले प्रतियोगितामा आफ्ना सबै खेल जितेसँगै नेपाल विश्वकप खेल्न नपाउने निश्चित भएको हो । युएिले प्रतियोगितामा आफ्ना सबै ५ वटै खेल जित्दै अंक तालिकाको शीर्ष स्थान कब्जा गरेको …

टुटललाई कर ३.५ करोड, पठाओमाथि छानबिन जारी

‘राइड सेयरिङ’ सेवा दिने कम्पनी टुटलले ३ करोड ४० लाख कर तिर्नुपर्ने भएको छ । आन्तरिक राजस्व कार्यालय ललितपुरले करिब तीन महिना फाइल अध्ययन गरी कर छलीको निष्कर्ष निकाल्दै कम्पनीमाथि कर निर्धारण गरेको हो । यो रकम जरिवाना र ब्याजसहितको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा कृष्ण आचार्य र विजय तिमल्सिनाले लेखेका हुन् । …

जेट एयरवेजका घरेलु र अन्तराष्ट्रिय उडान बन्द

भारतको समस्याग्रस्त निजी क्षेत्रको जेट एयरवेजले नयाँ लगानी जुटाउने उद्देश्यले आफ्ना सबै घरेलु तथा अन्तर्‍ाष्ट्रिय उडानहरु अस्थायी रुपमा स्थगन गरेको छ । इन्धन र अरु सेवाको भुक्तानी गर्न नसकेपछि कम्पनीले बुधबार अन्तिम उडान गरेको थियो । जेट एयरवेजले उडान स्थगन गर्नुको विकल्प नभएको जनाएको छ । कम्पनीले चाँडै उडान शुरु गर्ने आशा पनि व्यक्त गरेको …

शङ्कास्पद वस्तु सेनाबाट डिस्पोज

बागलुङ जिल्ला सदरमुकामस्थित शिवधारा चोकमा राखिएको शङ्कास्पद वस्तु नेपाली सेनाले आज बिहान डिस्पोज गरेको छ । शिवधाराचोकस्थित होटल शीतलको पेटीमा एक मिटर लामो जीआइ पाइपमा खतरा लेखेर दुई तार जडान गरी राखिएको थियो । उक्त शङ्कास्पद वस्तु बागलुङस्थित २३ नं बाहिनी अड्डाको डिस्पोजल टोलीले उठाएर खुला स्थानमा लगी डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी …

सर्वेक्षण भन्छः टोकियोमा अधिकांश विदेशीमाथि भेदभाव

जापानको राजधानी टोकियोमा बस्ने अधिकांश विदेशी नागरिक भेदभावको शिकार हुने गरेको एक सर्वेक्षणले देखाएको छ । एण्टि रेसिजम इन्फर्मेशन सेण्टरले गरेको सर्वेक्षणअनुसार ३ सय ४० जनामध्ये १ सय ६७ जनाले आफू भेदभावको शिकार भएको अभिव्यक्ति दिएका थिए । उनीहरु रंगभेदी व्यवहारको शिकार हुनुका साथै जापानी भाषाभन्दा अर्को भाषा बोल्नमा पनि उनीहरुलाई रोक लगाइएको सर्वेक्षणमा सहभागिले …

आज विप्लवको बन्द , यस्तो छ बन्दको प्रभाव

आज नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको प्रभाब उपत्यकासहित देशभरी परेको छ । विप्लव नेतृत्वको नेकपाले गरेको बन्दले बिहानैदेखि लामो तथा छोटो दूरीका गाडी फाट्टफुट्ट मात्र चलेका छन् भने परीक्षा दिने विद्यार्थी समस्यामा परेका छन् । बिहानैदेखि बजार र कलकारखाना खुलेका छैनन् भने गाडी पनि फाट्टफुट्ट मात्र चलेका छन् । प्रहरीले भने ढुक्क …

WP Facebook Auto Publish Powered By : XYZScripts.com