नयाँ के छ - Page 4 of 1523 - KHASOKHAS

नयाँ के छ

रेस्टुरेन्ट, शौचालय, सुत्ने कोठा भएको बस आजबाट संचालनमा

काठमाडौं उपत्यका लगायत देशका विभिन्न क्षेहरुमा अन्तराष्ट्रिय स्तरका गाडीहरु चल्न थालेका छन् । पोखरा जगदम्बा ट्राभल्स प्रालिले बागलुङ–काठमाडौँ अति विशिष्ट (भिआइपी) बस सेवा शुरु गरेको हो । वातावरण अनुकुलित बसमा खाजा, चिया, कफी, चिसो पेयपदार्थ, निःशुल्क वाइफाइ, शौचालय आदिको सुविधा भएको जानकारी दिइएको छ । बीस सिट क्षमताको बस आइतबारदेखि हरेक दिन साँझ ६ः३० बजे …

अष्ट्रेलियाको आकाशमा आज सुपरमुन, राती २ बजे पछि पूर्ण रुपमा देख्न सकिने

अष्ट्रेलियाको आकाशमा आज आज सुपरमुन उदाएको छ । अष्ट्रेलियाको आकाशमा आज चन्द्रमा सधैभन्दा १४ प्रतिशत ठूलो र ३० प्रतिशत चम्किलो रुपमा उदाएको हो । सुपरमुनलाई नाङ्गो आँखाले नहेरेर टेलिस्कोप र नभएमा चस्मा मात्रले भएपनि हेर्नुपर्ने विज्ञहरुले बताएका छन् । चन्द्रमा आज एकदमै चम्किलो हुने भएका कारण नाङ्गो आँखाले हेर्दा आँखामा असर पर्न सक्ने बताइएको छ …

‘द कपिल शर्मा’ शो बाट निकालिए सिद्धु

कश्मिरको पुलवामा भएको आतंक हमलाको टिप्पणी गर्दा नवजोत सिंह सिद्धुलाई ‘द कपिल शर्मा शो’बाट हटाइएको छ ।  हमलापछि पाकिस्तानको सफाई दिदै भनेका थिए, ‘केहि व्यक्तिको कारण पुरै देशलाई दोषी भन्न मिल्दैन । यो कायरपन हो, यसको विरोध म पनि गर्छु । तर जसले हिंसा गरेका हुन उनीहरुलाई सजाय हुनुपर्छ ।’ साथै उनले भनेका थिए, ‘दुई …

एक हजार किशोरीहरु लिएर रेखा थापा फिल्म हलमा

रेखा थापाको पछिल्लो फिल्म ‘मालिका’ प्रदेश २ मा प्रर्दशन गरिएको छ । प्रदेश २ मा झण्डै एक हजार किशोरीहरुलाई निःशुल्क रुपमा फिल्म देखाइएको हो । छोरीको निम्ति स्वर्णिम नेपाल महाअभियान तथा ‘बेटी पढाउ बेटी बचाऊ’ अभियानलाई सफल बनाउनको लागि रेखा प्रदेश २ मा पुगेकी हुन् । उनले सामाजिक सञ्जालमा फोटो सार्वजनिक गर्दै उक्त जानकारी दिएकी …

थाइल्याण्डको संसदीय निर्वाचनमा झण्डै दश हजार उम्मेदवार !

थाइल्याण्डमा आगामी मार्चमा हुने संसदीय निर्वाचनका लागि झण्डै दश हजार उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् । स्थानीय संचार माध्यमहरुले मंगलबार दिएको जानकारीअनुसार संसदीय निर्वाचनका लागि देशभरीका निर्वाचन क्षेत्रमा गरेर यति ठूलो संख्यामा उम्मेदवारी परेको हो । थाइल्याण्डमा लामो समयपछि आउदो मार्च महिनाको २४ तारिखका दिन संसदीय निर्वाचन हुने तय भएको छ । निर्वाचन आयोगले दिएको …

सरकार कडा रुपमा प्रस्तुत हुन्छ – प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको काँचुली फेर्न खोज्दा विरोध भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले राजनीतिक रङमा रङ्गिएका भए पनि नेपाललाई समृद्ध मुलुकका रुपमा स्थापित हुन नदिने कुनै पनि दुष्प्रयास स्वीकार्य नहुने बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो यस्ता गतिविधि गर्नेहरु विरुद्ध सरकार कडाइका साथ प्रस्तुत हुन्छ, तिनिहरु विरुद्ध सख्त कानुनी कारबाही गर्छ’, । ६९ औं …

केन्द्रीय सदस्य वडाबाटै निर्वाचित हुनुपर्छ: नेता केसी

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीको महाधिवेशनमा केन्द्रीय सदस्य पनि वडाबाटै निर्वाचित भएर आउनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले महासमितिले दिएको सुझाव सबैले पालना गर्नुपर्ने बताउनुभयो । उहाँले वडा तहबाटै निर्वाचित हुने विषयमा पार्टी सभापतिले समेत सम्बोधन गर्नुभएकाले यसलाई कसैले हटाउन नसक्ने बताउनुभयो । वडा तहबाटनै …

शब्दसँग डराउने हैन, घेरा तोड्ने हिम्मत गर्नुस्, प्रधानमन्त्रीज्यू !

शारदा शर्मा / प्रधानमन्त्रीज्यू ! यो एक दुइ दिनमा सामाजिक संजालमा जे बहस र विवादहरु देखिए पक्कै पनि यि सुहाउँदा छैनन् । मलाई हरेक विषयले आफैंलाई छोएजस्तो लाग्छ । एबीसी टेलिभिजनमा मेरै श्रीमान्ले लिएको तपाईंको संघर्षको कथा हेर्दै जाँदा जब पार्टीले कार्वाही गरिसकेको अवस्थामा तपाईंलाई पुलिसले पक्राउ ग¥यो, त्यसपछि तपाईंलाई कस्तो फिल भयो होला मैले …

निर्माण हुँदै गरेको पुल भत्किन शुरु

सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका–३ हँडैयामा निर्माणाधिन पक्की पुल भत्कन शुरु भएको छ । हडैया खोलामा निर्माण भइरहेको करीब ६० मिटर लामो उक्त पुलको दुई स्ल्याबमध्ये एउटा भत्कन थालेको स्थानीयवासी बुद्धिमान कार्कीले बताउनुभयो । चार स्ल्याबमा निर्माण हुनुपर्ने उक्तपुल ढिलो गरी निर्माण भइरहे पनि केही भागसमेत भत्कन थालेको छ । सडक डिभिजन कार्यालय सिरहा, लाहानका …

भारत र पाकिस्तानको टकरावमा कलाकारहरु समस्यामा

केही दिनअघी मात्र भारतको जम्मु–काश्मिरको पुलवामामा आतंकवादी विस्फोटमा परी भारतीय सीमा सुरक्षा बलका ४५ बढी सैन्य जवानले ज्यान गुमाएको घटनापछि अहिले भारत र पाकिस्तानको सम्बन्धमा धेरै चिसोपन आएकोछ र भारतले लगातार उक्त कार्यको आरोप पाकिस्तान माथी लगाउदै आइरहेको छ भने पाकिस्तानले उक्त घटना प्रती आफ्नो दुक्ख ब्यक्त गर्दै यस्मा आफ्नो रास्ट्रको कुनै हाथ नरहेको जिकिर गर्दै आईरहेको …

WP Facebook Auto Publish Powered By : XYZScripts.com