नयाँ के छ - Page 5 of 1641 - KHASOKHAS

नयाँ के छ

वाइडबडी भ्रष्टाचारकाे छानबिन गर्न अख्तियारले बोलायो अन्तर्राष्ट्रिय कम्पनी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी बिक्रीमा संलग्न रहेका पाँच अन्तर्राष्ट्रिय कम्पनीलाई बोलाएको छ। आयोगले बिहीबार सार्वजनिक सूचनामार्फत जहाज बिक्रेता हाई फ्लाई एक्स आएरल्याण्ड कम्पनीसहित अन्य चार कम्पनीका प्रतिनिधिलाई सात दिनभित्र आवश्यक कागजातसहित उपस्थित हुन भनेको हो। अख्तियारले एएआर इन्टरनेसनल आईएनसी उड डेल, जर्मन एभिएसन क्यापिटल जीएमबीएम फ्याङफर्ट जर्मनी, हाइ फ्लाई ट्रान्सपोर्ट एरोस एसए (हाइ फ्लाई …

रोक्का भएन बालुवाटारको जग्गा

बालुवाटारको अतिक्रमित ११७ रोपनी सरकारी जग्गा रोक्का राख्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न भूमिसुधार कार्यालय डिल्लीबजारले अस्वीकार गरेको छ । मिसिल (रेकर्ड फाइल) नभेटिएको र कुन कुन कित्ता रोक्का राख्ने यकिन गर्न नसकिएको भन्दै उक्त कार्यालयले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न नसकिने जनाएको हो । मन्त्रिपरिषद्ले फागुन २८ मा पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित छानबिन सम्पत्तिको सिफारिसअनुसार …

हिरासतमा दलित नाबालकको रहस्यमय मृत्यु

इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा एक नाबालकको मृत्यु भएको छ । मेचीनगर–६ का १५ वर्षीय किरण कार्कीडोली दर्जीको मृत्यु भएको हो । प्रहरीले यसलाई आत्महत्या भनेको छ भने आफन्तले यातनाबाट बालकको मृत्यु भएको दाबी गरेका छन् । किरण पक्राउ परेको र हिरासतमा राखिएको जानकारी प्रहरीले उनका परिवारलाई नै दिएको थिएन । मृत्युपछि पनि परिवारलाई थाह …

अमेरिका लैजाने भन्दै नक्कली ज्वाइँले ठगे ४२ लाख

विवाह गरी अमेरिका लैजाने भन्दै ४२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्युठान सरिवाङका ३२ वर्षीय शशिधर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले चार दिनअघि उनलाई ललितपुरस्थित पुल्चोकबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनलाई तीन महिनाको प्रयासपछि पक्राउ गरिएको हो । उनले काठमाडौँकी १२ कक्षामा अध्ययनरत एक किशोरीलाई …

अष्ट्रेलियामा सबैभन्दा बढी तलब मिल्ने जागिरको नयाँ सूची सार्वजनिक

अष्ट्रेलियाको ट्याक्स अफिसले अष्ट्रेलियामा सबैभन्दा बढी तलब मिल्ने जागिरको नयाँ सूची सार्वजनिक गरेको छ । सार्वजनिक भएको सूची अनुसार, मेडिकल क्षेत्र, इञ्जिनियरिङ्ग र फाइनान्सियल म्यानेजमेन्ट सम्बन्धि पदमा रहेको काम गर्ने व्यक्तिको तलब सबैभन्दा बढी छ । अष्ट्रेलियामा सबैभन्दा धेरै तलब पाउने यी हुन् १० जागिर र उपलब्ध हुने औसत तलब ( डलरमा ) Surgeon      …

बन्दुकधारीको आक्रमणमा बसमा यात्रा गरिरहेका १४ यात्रुको मृत्यु

पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बन्दुकधारीहरुले बसमा यात्रारत १४ जनाको हत्या गरेका छन् । अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार बन्दुकधारीहरुले पाँचवटा बसमा सवार यात्रुहरुलाई बसबाट ओरालेर गोली प्रहार गरेका थिए । आक्रमणकारीहरुले अर्धसैनिक फ्रन्टियर कप्र्सका पोशाक पहिरिएको प्रान्तीय गृह सचिव हैदर अलिले एएफपीलाई जानकारी दिए । उनले भने, “बन्दुकधारीहरुले गुडिरहेको बसलाई रोके, त्यसपछि बस भित्रका यात्रुलाई बाहिर …

के यो मोदीको चुनावी –यालीको हो यो तस्बिर ? यस्तो छ वास्तविकता

बीबीसी  फेसबुक र ट्वीटरमा यो एरियल फोटोग्राफ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पश्चिम बंगालमा भएको चुनावी जनसभा बताएर सेयर गरिँदैछ । दक्षिणपन्थी रुझान भएको सोसल मिडिया ग्रुपमा केही मानिसहरुले यो तस्बिर पश्चिम बंगालमा ११ अप्रिलमा भएको पहिलो चरणको मतदान अघिको दाबी गरिरहेका छन् । धेरैजसो सोसल मिडिया प्रयोगकर्ताले यो तस्बिरलाई मोदीको कूच विहारमा भएको चुनावी –याली …

उपत्यकामा तीन करिडोर निर्माण ,घट्यो जाम

ट्राफिक प्रहरीले उत्पत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन तीनवटा करिडोर सञ्चालनमा ल्याएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण कार्ययोजनाअन्तर्गत बालकुमारी पुल, गोपीकृष्ण पुल र भत्केको पुलमुनिको करिडोर सञ्चालनमा ल्याएको हो। करिडोर सञ्चालनमा आएसँगै ठूला तथा साना सवारी साधन करिडोर हुँदै आवतजावत गर्न थालेपछि सवारी आवतजावतमा सहज हुनाका साथै दुर्घटनामा कमी आएको …

नेपाल यू-१९ विश्वकपमा छनोट हुन बाट चुक्यो

नेपालले २०२० को यू-१९ विश्वकप क्रिकेट गुमाएको छ । मलेसियामा बिहीबार सम्पन्न छनोट प्रतियोगितामा वर्षाले प्रभावित  खेलमा युएइसँग व्यहोरेको एक रनको हार नेपाललाई घातक बन्यो। युनाइटेड अरब इमिरेट्सले प्रतियोगितामा आफ्ना सबै खेल जितेसँगै नेपाल विश्वकप खेल्न नपाउने निश्चित भएको हो । युएिले प्रतियोगितामा आफ्ना सबै ५ वटै खेल जित्दै अंक तालिकाको शीर्ष स्थान कब्जा गरेको …

टुटललाई कर ३.५ करोड, पठाओमाथि छानबिन जारी

‘राइड सेयरिङ’ सेवा दिने कम्पनी टुटलले ३ करोड ४० लाख कर तिर्नुपर्ने भएको छ । आन्तरिक राजस्व कार्यालय ललितपुरले करिब तीन महिना फाइल अध्ययन गरी कर छलीको निष्कर्ष निकाल्दै कम्पनीमाथि कर निर्धारण गरेको हो । यो रकम जरिवाना र ब्याजसहितको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा कृष्ण आचार्य र विजय तिमल्सिनाले लेखेका हुन् । …

WP Facebook Auto Publish Powered By : XYZScripts.com