नयाँ के छ - Page 7 of 1754 - KHASOKHAS

नयाँ के छ

अष्ट्रेलियाको भिक्टोरियामा बढ्न थाले लुटपाट र घरेलु हिंसाका घटना

अष्ट्रेलियाको भिक्टोरियामा पछिल्लो समय अपराधिक घटना बढेका छन् । अपराध अनुसन्धान शाखाका अनुसार भिक्टोरियामा लुटपाट र घरेलु हिंसाका घटनामा वृद्धि भएको हो । त्यसमध्ये पनि एक्लो भएको मानिसलाई बाटोमा कुनै समूहले लुटपाट गर्ने घटना बढिरहेका छन् । पछिल्लो १२ महिनामा अपराधिक घटनामा समग्रमा २। ६ प्रतिशतले वृद्धि भएको बताइएको छ । यस्तो छ आंकडा : …

वरिष्ठ उपरीक्षक, उपरीक्षक, नायब उपरीक्षक सहित २१ प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हालै पदोन्नति भएका प्राविधिकतर्फका प्रहरी अधिकृतलाई आज दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ । गृह मन्त्रालय असार ३ गतेको निर्णयले प्राविधिकतर्फ प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नति भएका एक, प्रहरी उपरीक्षकमा पदोन्नति भएका आठ, प्रहरी नायब उपरीक्षकमा पदोन्नति भएका सात, प्रहरी निरीक्षकमा पदोन्नति भएका पाँच गरी २१ जना प्रहरी अधिकृतलाई आज प्रहरी …

पर्यटन सुन्दरी प्रतियोगिता 

पर्यटकीय गतिविधिको प्रचारप्रसारका लागि महत्वपूर्ण ‘प्रडक्ट’ का रुपमा पर्यटन क्षेत्रको सुन्दरी प्रतियोगिता ‘मिस टुरिज्म’ लाई पनि लिइन्छ । सौन्दर्य ‘ग्ल्यामर’ पर्यटनको अभ्यास विकसित मुलुकमा पनि भएको पाइन्छ, जसका माध्यमबाट पर्यटनलाई आकर्षण गर्ने र प्रवद्र्धन गर्ने उपयुक्त आधार पनि बन्दै आएको उदाहरण छन् । नेपालको पर्यटन क्षेत्रमा पनि पछिल्लो समय सौन्दर्य पर्यटनको अभ्यास थालिएको छ । …

मन्त्रिपरिषद् पुनर्गठन हुनसक्छ – अध्यक्ष प्रचण्ड

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् पुनर्गठन हुनसक्ने बताउनुभएको छ ।  प्रेस सङ्गठन नेपाल कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्रीसँग छलफल भइरहेको छ तर यो विषय प्रधानमन्त्रीको क्षेत्राधिकारभित्र पर्ने भएकाले उहाँले चाहेको बेला मात्र पुनर्गठन हुन्छ । ” अध्यक्ष दाहालले बजेटपछि सरकार केही न केही पुनर्गठन …

चार विधेयक फिर्ता लिन माग

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका भरतकुमार शाहले गुठी विधेयक फिर्ता लिएसँगै संविधानको भावना विपरीत बनेका मिडिया काउन्सिल, सुरक्षा परिषद, सूचना प्रविधि र मानव अधिकारसम्बन्धी विधेयक पनि फिर्ता लिन माग गर्नुभयो । सांसद विमला नेपालीले दलित समुदायलाई थरका आधारमा नागरिकता नदिएकामा आपत्ति जनाउनुभयो । सांसद भैरवबहादुर सिंहले बझाङ जिल्लामा सडक यातायातका …

रोजगार कार्यक्रमले छोएन युवालाई, जेठमा ४३ हजार युवा विदेश उडे

बेरोजगार युवालाई स्वदेशमै रोजगारी दिने सरकारी घोषणालाई चुनौती दिँदै गत जेठ महीनामा ४३ हजार युवा विदेश उडेका छन् । स्वदेशमै रोजगारी अवसर सिर्जना गर्ने गरी सरकारले ‘प्रधामन्त्री रोजगार कार्यक्रम’ घोषणा गरेपनि जेठमा ४३ हजार ६५४ युवा कामको खोजीमा विदेशिए । वैदेशिक रोजगार विभागका अनुसार, जेठमा ४० हजार ९०१ पुरुष र दुई हजार ७३५ महिला श्रम …

दृष्टिविहीन दर्जीको जीउने आधार : लठ्ठी र हथौडा

धु्रवसागर शर्मा /संस्कृतमा एउटा शुक्ति (भनाइ) छ  ‘विभूक्षितं किं नकरोति पापम्’ अर्थात् ‘भोको मानिसले कुन पाप गर्दैन र ? सबै किसिमका पाप कर्म गर्छ ।’ संस्कृतको यो शुक्तिलाई म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोट फाँपरखेतका दृष्टिविहीन आइतबहादुर दर्जीको परिश्रमले भने पुर्नलेखन गर्नुपर्ने बनाइदिएको छ । जन्मजातरुपमा दुवै आँखा नदेख्ने ५६ वर्षीय दर्जीले आफ्नो र परिवारको पेट भर्न …

नौमती र पञ्चेबाजा संरक्षणमा युवा

विवाह व्रतबन्ध पूजालगायत शुभकार्यमा बजाउने परम्परागत नौमती र पञ्चेबाजा पछिल्लो समय लोप हुँदै गएपछि चितवनका युवाहरु यसको संरक्षणमा जुटेका छन् । चितवनको इच्छाकामना गाउँपालिका–७ स्याङ्दीका आदिवासी जनजाति समुदायका १५ युवा समूह नै गठन गरी नौमती र पञ्चेबाजा संरक्षणमा जुटेका हुन् । विशेषगरी दलित समुदायले पछिल्लो समय नौमती पञ्चेबाजा बजाउन छाड्दै गएकाले यसको संरक्षणका लागि बाजा …

सिंगापुरका पानीजहाजमा जागिर दिने भन्दै ३ सय युवाबाट ६ करोड ठगी

सिंगापुर लगेर पानीजहाजमा जागिर लगाइदिने प्रलोभन देखाएर तीन सय युवासँग ६ करोड ठग्ने व्यक्ति पक्राउ परेका छन् । नुवाकोट गणेशस्थान–९ का ३४ वर्षीय प्रवीण पौडेललाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले हेटौँडाबाट पक्राउ गरेको हो । महाशाखा प्रमुख एसएसपी सहकुल थापाले तीन सय युवाबाट पौडेलले पाँच लाखसम्म रकम उठाएको बताए । ‘पानीजहाजमा क्रु मेम्बरको …

रोजगारीको लागि विभिन्न मुलुक पुगेका ५३२ नेपाली विदेशी जेलमा

रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुगेका नेपालीमध्ये पाँच सय ३२ जना जेल परेका छन् । आर्थिक जोहोका लागि वैदेशिक रोजगारीमा गएका व्यक्तिहरु सम्बद्ध मुलुकको कानुन विपरीत काम गरेपछि जेल परेका हुन् । कतिपय परिबन्दले पनि जेल पुगेका छन् । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले रोजगारीमा जाने नेपालीको संख्या बढेसँगै जेल पर्नेको संख्या पनि बढेको …

WP Facebook Auto Publish Powered By : XYZScripts.com