फोटोको पावर - Page 3 of 9 - KHASOKHAS

फोटोको पावर

गुम्बा र बिहारहरुको पुनर्निर्माण माग गर्दै बौद्ध धर्मावलम्बीहरु विरोध प्रदर्शनमा

भूकम्पले क्षतिग्रस्त गुम्बा र बिहारहरुको छिटो पुनर्निर्माण गर्न माग गर्दै बौद्ध धर्मावलम्बीहरुले राजधानीमा विरोध प्रदर्शन गरेका छन् । गुम्बा बिहार पुनर्निर्माण संघर्ष समितिको अगुवाईमा ललितपुरको जावलाखेलमा विरोध प्रदर्शन गरिएको हो ।   राष्ट्रिय झण्डा बोकेर सडकमा उत्रिएका प्रदर्शनकारीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक असफल भइसकेको भन्दै राजीनामा दिनुपर्ने मागसमेत गरेका छन् । उनीहरुले पुनर्निर्माण …

११ औं आमरण अनसनमा डा. केसी

 त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले सोमबार ११ औं आमरण अनसन सुरु गरेका छन् । अस्पतालमा पत्रकार सम्मेलन गरेर डा. केसीले अपराहृन ४ बजेबाट आमरण अनसन सुरु गरेको घोषणा गरेका हुन् । डा. केसीले आफ्नो अनसनका क्रममा शिक्षण अस्पतालको उपचार सेवा र क्याम्पसको पढाई नरोक्ने बताए । उनले केदारभक्त माथेमा आयोगको प्रतिवेदनमा आफूहरुले दिएको …

यसरी गरियो न्युयोर्कमा ९ बालिकाको बेलबिवाह (२८ तस्विर)

नेवा: नख: न्युयोर्कको आयोजनामा न्युयोर्कमा चौंथो सामुहिक ईही (बेलबिबाह) सम्पन्न भएको छ । नेवा: गुभाजु (पुरोहित) समान्त बज्राचार्यज्यूले नेवा: परम्परा अनुशार ईही सम्पन्न गराउनु भयो। उहाँलाई गुरूमाजु पुष्पा बज्राचार्यज्यूले सहयोग गर्नु भएको थियो। नख:का सचिव डा. नरेश मान शाक्य द्वारा संचालित कार्यक्रममा सहभागी सबैजनालाई नख:का कार्यबाहक अध्यक्ष श्री राजा शाक्यज्युले स्वागत ब्यक्त गर्नु भयो। महा-सचिब …

काठमाडौंका रहस्यमय मगन्तेहरु (फोटो फिचर )

अमेरिकी सरकारले केही दिन अगाडि सार्वजनिक गरेको नेपालबारेको एउटा रिपोर्टमा नेपाली महिला, पुरुष, बालबालिकाहरुलाई नेपाल र भारतमा माग्ने काममा लगाइएको उल्लेख छ । रिपोर्टमा भनिएको छ – ‘कामको र शिक्षाको अवशर दिने लालच देखाएर नेपाली बाबुआमाहरुले आफ्ना बच्चाहरुलाई दलालका हातमा सुम्पने गर्छन् । ती बालबालिकाहरुलाई दलालले टुहुरा भएको अभिनय गर्न बाध्य पारेर पर्यटक र अन्य …

जब न्युयोर्कको आकाश फायरवर्कमा चम्कियो (९ तस्विर)

स्वतन्त्रता दिवशको उत्सव मनाउने क्रममा न्युयोर्कको आकाश यसरी चम्किएको थियो । म्यानहटनको इस्ट रिभरमा २४ देखि ४१ औं स्ट्रीटसम्म र न्युजर्सीको एक्सचेन्ज प्लेस नजिक हड्सन रिभरको फायरवर्क यस्तो देखियो । हेर्नुहोस् एपी र गेटीका तस्विरहरु ।

यसरी मनाइयो न्युयोर्कमा अमेरिकाको जन्मदिन ( आतसवाजीका १३ तस्विर)

स्वतन्त्रता दिवशको उत्सव मनाउनेमा न्युयोर्कलाई कसैले पनि जित्न सक्दैन । मेसी मलले स्वतन्त्रता दिवस अर्थात् फोर्थ जुलाईको अवशरमा आतसबाजी र उत्सव मनायो । मेसीले यसरी उत्सव मनाएको ४१ औं पटक हो । बेलुका ९ बजेर २५ मिनेट जाँदा सुरु भएको आतसबाजी झण्डै ३० मिनेट चल्यो । यसपटक म्यानहटनको इस्ट रिभरमा २४ देखि ४१ औं स्ट्रीटसम्म …

ओबामाकी छोरी सासा १६ बर्षमा, स्टाइलिस बन्दै

अमेरिकी पूर्व राष्ट्रपति बराक ओबामाकी छोरी सासा ओबामा १६ बर्षमा लागेकी छिन् । १६ औं जन्मदिनमा सासाले लगाएको रातो ड्रेस अहिले चर्चामा छ । सासाले लगाएको ड्रेसले उनमा स्टाइलको सेन्स रहेको स्पष्ट भएको छ । यस्ती देखिएकी थिइन् १६ औं जन्मदिनमा सासा । उनको १६ औं जन्मदिनमा हामीले सन् २००४ देखि सन् २०१७ सम्मका सासाका …

२ बर्षदेखि भाँच्चिएको हातसँगै इटाभट्टीमा काम गर्न बाध्य छन् १४ बर्षका आकाश

बालश्रमबिरुद्दको दिवस नाम आकाश । उमेर १४ बर्ष । दुईबर्ष अगाडि इटाभट्टीमा काम गर्दा गर्दै उनको हात भाँच्चियो । तस्विरमा उनको पछाडि रहेको इटाभट्टीमा काम गर्दा गर्दै उनको हाच भाँच्चिएको हो । अहिलेसम्म निको भएको छैन । ललितपुरको खोकना नजिकै रहेको यो इटाभट्टीमा अहिले उनी भाँच्चिएको हातसँगै काम गर्न बाध्य छन् । एक त बालश्रमिकका …

WP Facebook Auto Publish Powered By : XYZScripts.com