आजका तस्वीर : १५ किलोको अजिंगर, १ लाखको कलम, रोकेको बसमा आगलागी


प्रकाशित मिति : कार्तिक १३, २०७६ बुधबार

पश्चिमाञ्चल होटल संघ पोखराद्वारा पोखरामा आयोजित १३ औं संस्करणको भाइटीका महोत्सवमा सहभागी बन्दै विदेशी पर्यटक । तस्वीरः वासुदेव पौडेल
वीरगञ्जको घण्टाघर चोकस्थित बजारमा बुधबार छठ पर्वका लागि आवश्यक पर्ने बासका चोयाबाट निर्मित विभिन्न सामग्री खरीद गर्दै व्रतालु । तस्बिर : विजयकुमार महतो
मेलम्ची बाह्रबिसे नगरपालिका घुम्थाङस्थित थगाम टोलकी ३९ वर्षीय माइली तामाङको फुर्सदिलो दैनिकी अचेल गलैँचा बुन्दै व्यस्त । तस्बिर : देवराज सुवेदी
म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको फाँटमा पाक्न लागेको लहलहै झुलेको धान । बगरफाँट धान उत्पादनको पकेट क्षेत्र हो । तस्वीर : धु्रबसागर शर्मा
म्याग्दीको मंगला गाउँपालिका–३ कस्केरीमा स्थानीय भीमबहादुर थापाको घरमा भएको आगलागी । आगलागी हुँदा घर जलेर नष्ट हुनुका साथै रु ५ लाख बराबरको क्षति भएको छ । तस्वीर : धु्रबसागर शर्मा
सडक पहुँच नभएको डोल्पाको मुडकेचुला गाउँपालिकाका स्थानीय नलगाड नगरपालिकास्थित बजारबाट सामग्री खच्चडमा लिएर जाँदै । तस्वीर : हेमन्त केसी
टेलिफोनको टावरको समस्या भएपछि तल्लो डोल्पाको मुडकेचुला गाउँपालिका– ६ नर्कुका स्थानीयवासी आफन्तसँग कुरा गर्नका लागि दुई घण्टा उकालो हिँडेर कोट्ठाना लेकमा गई रुख वा ढुँगामा चढेर मोबाइलमा कुरा गर्दै । तस्वीरः हेमन्त केसी
तनहुँको भीमाद नगरपालिका–६ मा यात्रुबाहक बसलाई छेकेर भैलो खेल्दै युवायुवती । सार्वजनिक सवारीसाधनलाई रोकेर देउसीभैलोको नाममा रकम असुल्ने गरिएको छ ।
तस्वीर : कृष्ण न्यौपाने
पाल्पाको तानसेनस्थित प्रवास ताल संरक्षणको अभाव रहेको छ । तस्बिर : कृष्ण दर्नाल
तनहुँ कृषि सहकारी संस्था लिमिटेडले व्यास नगरपालिका–४ सिमलटारमा गरेको सयपत्री फूल खेती । स्थानीय स्तरमा फूलको माग बढेपछि सहकारीले फूलखेती शुरु गरेको हो । तस्बिर : कृष्ण न्यौपाने
छठ पर्व नजिकिएसँगै वीरगञ्जको घण्टाघर चोकमा लौका खरीद गर्दै महिला । छठ पर्वको पहिलो दिन व्रतालुले अनिवार्य रुपमा लौकाको तरकारी खाने भएकाले छठ पर्वमा लौकाको मूल्य सामान्य भन्दा चार गुणा बढेको छ । तस्बिर : विजयकुमार महतो
राजविराजस्थित चित्रगुप्त मन्दिर परिसरमा बुधबार आयोजित एक समारोहमा रु एक लाखमा खरीद गरिएको कलम रेखादेवी कर्णलाई हस्तान्तरण गर्दै चित्रगुप्त सेवा समितिका पदाधिकारी । तस्बिर : नानीमैया कटवाल
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १२ स्थित कोशी बाँधमा फेला परेको १५ किलोग्रामको अजिङ्गर । नेपाल प्रहरीले अजिङ्गर नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय हनुमाननगरमा ल्याएका छन् । तस्वीर : नानीमैया
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं १३ भैसेपाटीस्थित हिमाल ग्यास उद्योगको अगाडि अरनिको राजमार्ग छेउमा रोकी राखेको बसमा भएको आगलागी । बसमा आगलागी हुनुको कारण भने एकिन भइरकेको छैन । तस्बिर : पेमा लामा
कञ्चनपुरको जोनापुरका थारु ज्येष्ठ नागरिक परम्परागत सीपको सदुपयोग गरी डोरी तयार गर्दै । बजारमा सहजै डोरी खरिद गर्न पाईन थालेपछि डोरी बनाउने सीप ओझेलमा पर्न थालेको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु
कञ्चनपुरको सनवोरा नदीमा माछा मार्दै गरेका थारु महिला । तिहार मनाएर र धानबाली भित्राएपछि फुर्सदिला बनेका थारु महिला बिहानको झिसमिसेमै जाल बोकेर माछा मार्नका लागि जाने गरेका छन । तस्वीर : राजेन्द्रप्रसाद पनेरु
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका किसान बाला नलागेको गरिमा धान पावर टिलरको सहायताले काटदै । नगरपालिकाका ८८ जना किसानले लगाएको गरिमा धानमा बाला नलागेपछि घाटा व्यहोर्न बाध्य भएका छन । तस्वीर : राजेन्द्रप्रसाद पनेरु
धनगढी—डडेलधुरा (भीमदत्त) राजमार्गमा पर्ने कैलालीको भासु भीर सडक खण्ड । डरलाग्दो र निकै उचाइमा रहेको यो सडक खण्डमा यातायातका साधनबाट यात्रा गरिरहँदा कतिपयले कुनै जोखिम नहोस भनेर भगवानको नाम लिने गर्दछन । तस्वीर : सिद्धराज भट्ट

तस्वीर : रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com