विश्वकै ठूलो न्युयोर्क म्याराथनमा नेपाली (फोटो फिचर)


प्रकाशित मिति : कार्तिक १७, २०७६ आईतबार

आइतबार न्युयोर्कमा विश्वकै ठूलो न्युयोर्क म्याराथनको आयोजना गरियो । जसमा नेपालीहरुले समेत भाग लिए । उनीहरुमध्ये केहीले नेपाल भ्रमणवर्ष २०२० को टिसर्ट समेत लगाएका थिए ।

न्युयोर्क म्याराथनमा तेह्रथुमका ओम दाहाल र सुनसरीका युवराज खनाल ।

न्युयोर्क सिटीको स्टेटन आइल्याण्डबाट सुरु भएको म्याराथन ब्रुकलिन, क्वीन्स, ब्रोंक्स लगायतका स्थानहरुहुँदै म्यानहटनको सेन्ट्रल पार्कमा आएर समापन भएको थियो । विश्वका झण्डै १२५ देशका सहभागीहरु दौडिएको उक्त म्याराथन २६ दशमलव २ माइल लामो थियो ।

न्युयोर्क म्याराथन पूरा गरिसकेपछि गोरखाका रोजन श्रेष्ठ ।

विश्वको सबैभन्दा ठूलो न्युयोर्क म्याराथन हरेक वर्ष नोभेम्बरको पहिलो आइतवार आयोजना गरिदै आएको छ । म्याराथनको १० लाखले भन्दा धेरैले प्रत्यक्ष अवलोकन गरेका छन् भने १० हजार स्वयमसेवकहरु खटिएका थिए ।

न्युयोर्क म्याराथन पूरा गरिसकेपछि अनन्त खत्री ।

 

धावक रोजन श्रेष्ठ र कार्यवाहक महावणिज्यदूत पुष्प भट्टराई ।

 

धावक ओम दाहाल ।

 

धावक युवराज खनाल
© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com