सुस्ताबासीका सुस्केरा (फोटो फिचर )


प्रकाशित मिति : कार्तिक ८, २०७६ शुक्रबार

सिमा जोगाउन सतिसाल जस्तै उभिन्छन् सुस्ताबासी । आफ्ना दुःख बुझिदिन सिंहदरबारभित्र रहेको सरकारलाई गुहार्न बाध्य सुस्ताबासी तर सिंहदरवारले दोश्रो दर्जाको नागरिक सरह व्यवहार गर्छ उनीहरुलाई । दैनिक जिवनयापनका लागी नजिकै रहेको भारतीय बजारसंग निर्भर हुने सुस्तावासी आफ्नो समस्याका बारेमा पटक पटक सिंहदरबारभित्रको सरकारलाई गुहार्न बाध्य छन् । तर चुनावको बेला अनेकन आश्वासनका पोका बोकेर मत माग्न सुस्ता पुग्ने शासक दलहरू अरु बेला सुस्तालाई आफ्नो देशको रुपमा पनि व्यवहार नगरेको गुनासो उनीहरुको छ ।

२०७२ सालको चैतमा त्रिवेणीबाट सुस्ताको आवतजावत सरल बनाउन नारायणी नदीमा झोलुङ्गे पुल बनाउन शिलान्यास गरियो । तर शिलान्यास गरिएको सो पुल अझै निर्माण हुन सकेको छैन । आफ्नो ठाँउसम्म सडक सञ्जालले नजोडिएका कारण आफ्नै सदरमुकाम आवतजावत गर्न डुङ्गा चढेर जोखमपूर्ण यात्रा गर्न बाध्य छन् सुस्तावासी । नदिमा बाढि आएका बेला भने उनीहरुको सो यात्रा ठप्प नै हुन्छ ।

सुस्ता पुगेका दीपेन्द्र ढुंगानाले उनीहरुको जनजीवन कैद गर्ने प्रयास गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com