‘कोरोना भाइरसका कारण भिसा पकृयामा परिवर्तन गरिएको छैन’ – अमेरिकी दूतावास, काठमाडौं
प्रकाशित मिति : फाल्गुन ३०, २०७६ शुक्रबार
कोरोना भाइरसका कारण काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट अमेरिकाको भिसा प्रकृयामा कुनै परिवर्तन नगरिएको कन्सुलर अधिकृतले जानकारी दिएका छन् । अमेरिकी दूतावास काठमाडौंको फेसबुक पेजमा गरिएको भिसा च्याटमा कोरोना संक्रमणका कारण भिसा जारी गर्ने प्रकृयामा कुनै परिवर्तन नगरिएको जनाइएको हो ।
कोरोना अपडेट : भिसामा अमेरिका आउँदै गरेका ३४७ जनालाई पोर्ट अफ इन्ट्रीबाट फर्काइयो
कन्सुलर अधिकृतले भनेका छन् – ‘अहिले भिसा जारी गर्ने प्रकृयामा कुनै परिवर्तन गरिएको छैन । अमेरिकी दूतावास काठमाडौंबाट अहिलेपनि भिसा जारी गरिएको छ । यद्यपी अवस्था दैनिक रुपमा नै परिवर्तन भइरहेकाले ताजा जानकारीका लागि दूतावासको वेवसाइट हेर्नुहोला ।’
कोरोनाको संक्रमणबाट अमेरिकाको अध्यागमन भिसा लिएर आउने नेपालीहरु पनि प्रभावित भइरहेका छन् । कुनै पनि आप्रवासी भिसा सामान्यतया ६ महिनाको लागि अद्यावधिक हुने र ६ महिनाभित्रै अमेरिका प्रवेश गरिसक्नुपर्ने भएकाले कोरोनाको संक्रमणका कारण तत्काल अमेरिका आउन नचाहनेहरु प्रभावित भएका छन् ।
म नेपालबाट कतारमा ट्रान्जिट पारेर अमेरिका जान पाउँछु ? (६ प्रश्नको जवाफ )
अझ स्वास्थ्य प्रमाणपत्र ६ महिनाभन्दा अगाडि नै एक्सपायर हुने अवस्था भएमा ६ महिनाको आप्रवासी भिसा भएपनि स्वास्थ्य प्रमाणपत्र एक्सापायर हुनुभन्दा अगाडि नै अमेरिका प्रवेश गरिसक्नुपर्ने प्रावधान रहेको छ । यदि कुनै विशेष र मानवीय कारणवश ६ महिनाभित्र आउन नसक्ने अवस्था भएमा अमेरिकी कन्सुलेटमा अवधि थपको माग गर्दै लिखित आवेदन दिनसकिने प्रावधान रहेको छ ।
अमेरिकी भिसाका नाममा हुने ठगीबाट बच्न अमेरिकी दूतावास काठमाडौंका तीन अनुरोध
तर त्यस्तो आवेदन कन्सुलेटले स्वीकार गरेर भिसा थप्ने ग्यारेन्टी भने हुँदैन । भिजिटर भिसा प्राप्त गरेकाहरु भने ६ महिनाभित्रै अमेरिका प्रवेश गर्न अनिवार्य छैन । उनीहरु भिसा अद्यावधिक रहुन्जेल अमेरिका प्रवेश गर्नसक्छन् ।