अमेरिकी भिसाका नाममा हुने ठगीबाट बच्न अमेरिकी दूतावास काठमाडौंका तीन अनुरोध


प्रकाशित मिति : फाल्गुन २२, २०७६ बिहीबार

अमेरिकी भिसाका नाममा हुने ठगीबाट बच्न अमेरिकी दूतावास काठमाडौंले तीन अनुरोध गरेको छ । अमेरिकी दूतावासमा काम गर्ने बताउँदै भिसा दिलाइदिने शर्तमा ठगी गर्ने व्यक्ति काठमाडौंबाट पक्राउ परेको केही दिनपछि दूतावासले सामाजिक सञ्जालमाफर्त यस्तो अनुरोध जारी गरेको हो ।

अमेरिकी भिसा दूतावासबाट मात्रै पाउन सकिने र मुख्यतया अमेरिकी कन्सुलर अफिसरसँगको प्रत्यक्ष अन्तर्वातापछि मात्रै पाउन सकिने दूतावासले स्पष्ट पारेको छ । त्यस्तै अमेरिकी भिसासम्बन्धी सबै कारोवारहरू तोकिएको नेपाल इन्भेस्टमेन्ट बैंक वा दूतावासमा मात्रै गर्नुपर्ने र अमेरिकी दूतावासका कर्मचारीहरूले तपाईंलाई कहिल्यै पनि दूतावासबाहिर रकम माग गर्ने अथवा व्यक्तिगत खातामा रकम हालिदिन आग्रह नगर्ने स्पष्ट पारिएको छ ।

त्यस्तै कसैले अनलाइन या व्यक्तिगत रूपमा तोकिएको बाहेक अन्य माध्यमबाट भिसाको नाममा रकम माग गर्ने या प्रलोभन दिने गरेमा स्थानीय प्रशासनलाई जानकारी गराउन समेत अनुरोध गरिएको छ । अमेरिका जाने भ्रमण या भिसा प्रयोजनका विभिन्न जानकारीका लागि अमेरिकी सरकारको आधिकारिक वेवसाइट हेर्न सकिन्छ ।

अमेरिकाको कामदार भिसा पठाउने नाममा ठगहरु सकृय

अमेरिकाको कामदार भिसा पठाउने नाममा ठगहरु सकृय हुने गरेका छन् । ठगहरुले निश्चित रकम माग्दै कामदार भिसा दिलाइदिने प्रतिबद्धता जनाउने गरेका छन् । यस्ता ठगहरुबाट बच्न न्युयोर्क निवासी कानुन व्यवसायी केशवराज सेडाईले केही टिप्सहरु समेत दिनुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

खासगरी पैसामा माग्ने कम्पनी र दलालबाट सावधान हुन उहाँले सचेत गराउनुभएको छ । अमेरिकन कम्पनीहरुले जागिरको अफर गर्दा उक्त कम्पनीको पृष्ठभूमि इन्टरनेटमा चेक गर्न उहाँले सुझाव दिनुभएको छ । साथै गुगल रिभ्यु पनि हेर्न सुझाव दिनुभएको छ ।

यदि कम्पनी सही छ भने अमेरिकी कानुन अनुशार भिसा आवेदन दिइने व्यक्तिका लागि कुनै शुल्क नलिने उहाँले जानकारी दिनुभयो । यदि कम्पनीले पैसा मागेको खण्डमा आफू त्यसबाट टाढै रहन उहाँले सुझाव दिनुभएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com