नेपालका विभिन्न स्थानमा बाढी, पहिरो र डूबान, १६ को मृत्यु, हेर्नुहोस् कहाँ कहाँ के के भयो ?


प्रकाशित मिति : असार २७, २०७६ शुक्रबार

देशका विभिन्न स्थानमा बाढी, पहिरो र डूबानका कारण ठूलो जनधनको क्षति भएको छ ।

लगातार परेको पानीले देशैभरीको जनजीवन प्रभावित बनाएको छ । पानीले कतिपय ठाउँमा पहिरो गएको छ भने कतिपय ठाउँमा बाढी गएको छ । तराईका जिल्लाहरु डुबानमा परेका छन् । बाढीपहिरोले अहिलेसम्म १६ जनाको ज्यान गइसकेको छ भने ८ जना बेपत्ता भएका छन् । गृहमन्त्रालयको बेलुकी साढे ६ बजेसम्मको तथ्यांकअनुसार देशैभरी बाढीपहिरो र डुबानको जोखिम रहेको छ ।

दुई दिनदेखिको नियमित वर्षाका कारण महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाकोसमेत संयुक्त कारागारका रुपमा रहेको जलेश्वर कारागार जलमग्न बनेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अविरल वर्षाका कारण उर्लिएको हनुमन्तेको बाढी बस्तीमा पस्न थालेपछि भक्तपुरमा डुबान शुरु भएको छ । हिजोदेखि नै परेको अविरल वर्षाका कारण हनुमन्ते नदीमा आएको बाढी खोलाभन्दा माथि आएपछि बस्तीमा पानी पस्न थालेको हो ।

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला चढेको गाडी टेकुको बागमती सडक कोरिडोरमा फसेको छ।

मानिसले मिचेर खुम्चिएका खोलामध्ये बल्खु खोलाले कलंकी आसापसमा शुक्रबार आफ्नो रौद्ररुप देखायो। बाढीले कलंकस्थित महानगरीय प्रहरी वृत्त डुबानमा परेको छ ।

अविरल वर्षाका जनकपुरधाम उपमहानगरपालिकाका अधिकांश क्षेत्र जलमग्न भएका छन् । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण उपमहानगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका हुन् ।

तीन दिनदेखि लगातारको वर्षाको पानीको उचित निकास नहुँदा र सिंगिया नदीमा आएको बाढीले विराटनगर महानगरपालिकाका केही वडा डुबानमा परेका छन् ।

नालीको नाममा खाडल खनिएको महीना भइसक्दासमेत न त ढल निकास र ढक्कनको व्यवस्था गरिएको छ, न त खाडल नै पुरिएका छन् । बर्खा लागेसँगै ती खाडल भरिएकाले बालबालिका मात्र होइन, ठूलै मान्छे पनि डुब्ने त्रास बढेको छ ।

अविरल वर्षाका कारण आएको बाढीले पूर्वपश्चिम राजमार्ग बन्द भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत राैतहटमा राजमार्गमै बाढी पसेपछि राजमार्ग अवरुद्ध भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा चिप्लिएको यति एयरलाइन्सको विमानलाई तानेर ‘ह्याङ्गर’ तर्फ लैजान सकस भएको छ ।  विमान रहेको ठाउँमा पानी र हिलो भएकाले तान्न कठिनाइ भएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com