बाढीले राजमार्गहरु अवरुद्ध, नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्याे


प्रकाशित मिति : असार २६, २०७६ बिहीबार

वर्षाका कारण बाढी पहिरो जाँदा देशका विभिन्न स्थानमा राजमार्ग तथा सहायक मार्ग बन्द भएका छन् । अविरल वर्षाका कारण आएको बाढीले पूर्वपश्चिम राजमार्ग बन्द भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत राैतहटमा राजमार्गमै बाढी पसेपछि राजमार्ग अवरुद्ध भएको हो । बाढी हटाएर आवगमन सुचारु गर्न प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा बाटो बन्द भपछि पहिरो हटाएर एकतर्फीमात्रै गाडी सञ्चालन भइरहेको छ । यो सडक खण्डको सत्र किलोमा बिहीबार राति १० बजेतिर पहिरो खसेको हो ।

ठूलो पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ । यस्तै बीपी राजमार्गअन्तर्गत काभ्रे रोशी गाउँपालिका–११ पिप्ले, कालढुङगा, सोही गाउँपालिका वडा नम्बर ७ रोशीपुलनजिक पहिरो जाँदा बाटो बन्द भएको छ । यस्तै बुटवलबाट पाल्पा जाने, लमजुङबाट मनाङ जाने तथा भोजपुरबाट धरान जाने बाटो बन्द भएको प्रहरीले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com