बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १६ पुग्यो, ८ बेपत्ता


प्रकाशित मिति : असार २७, २०७६ शुक्रबार

लगातार परेको पानीले देशैभरीको जनजीवन प्रभावित बनाएको छ । पानीले कतिपय ठाउँमा पहिरो गएको छ भने कतिपय ठाउँमा बाढी गएको छ । तराईका जिल्लाहरु डुबानमा परेका छन् । बाढीपहिरोले अहिलेसम्म १६ जनाको ज्यान गइसकेको छ भने ८ जना बेपत्ता भएका छन् । गृहमन्त्रालयको बेलुकी साढे ६ बजेसम्मको तथ्यांकअनुसार देशैभरी बाढीपहिरो र डुबानको जोखिम रहेको छ ।

गृहमन्त्रालयले दिएकोमृतकको विवरण 
३ जनाको मृत्यु – कागेश्वरी मनोहरा नगरपालिका ६ मूलपानी बाबाचोकमा पर्खाल भत्किएर टहरोमा पर्दा ३५ वर्षीया शर्मिला यादव, ३० वर्षीया नितु यादव र १० वर्षीय कुन्दन यादवको मृत्यु ।

२ जनाको मृत्यु- भोजपुरमा पहिरोले पुरिएर बासिखोराका ६६ वर्षीय रामप्रसाद राई र टेम्के मैयुङ गाउँपालिकाका १४ वर्षीय जनक विकको मृत्यु ।

२ जनाको मृत्यु- काभ्रेको बनेपा नगरपालिका-३ नालामा घर भत्किँदा ५० वर्षीया गोमा दंगाल, ७ वर्षीया सोहनी दंगालको मृत्यु ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

१ जनाको मृत्यु- ललितपुरकोको वाग्मती गाउँपालिका २ बगुवामा पहिरोले घर पुरिँदा ११ वर्षीय शरद जिम्बाको मृत्यु ।

१ जनाको मृत्यु- रामेछाप नगरपालिका-५ करमटारमा गोठ भत्किँदा ७२ वर्षीया पदमकुमारी सुनवारको मृत्यु ।

१ जनाको मृत्यु- पर्साको पर्सागढी नगरपालिका १ सिंग्याही खोलाले बगाउँदा १० वर्षीय बालकको मृत्यु ।

१ जनाको मृत्यु- महोत्तरीको बलवा नगरपालिका ३ बदियाका ७० वर्षीय हमिद मियाको खोलाले बगाउँदा मृत्यु ।

१ जनाको मृत्यु- सिन्धुलीको फिक्कल गाउँपालिका-१ महादेवडाडामा पहिरोले बगाउँदा ३५ वर्षीया हेमकुमारी सुनवारको मृत्यु ।

१ जनाको मृत्यु- धार्दिङको गजुरी गाउँपालिकमा १ दरिमटारकी ८ वर्षीया अस्मिता तामाङको घर भत्किएर मृत्यु ।

२ जनाको मृत्यु- खोटाङ खोटेहाङ गाउँपालिका-२ नम्बर वडामा पहिरो गएर विष्णु राईको घर भत्केर श्रीमती रेखा राई र छोरा रोमन राई ४ वर्ष र रोहन राई ७ महिनाको मृत्यु ।

१ जनाको मृत्यु- मकवानपुरको थाह नगरपालिका ४ की सन्तमाया बलामी खोला तर्ने क्रममा मृत्यु ।

बेपत्ता हुनेहरु :

कुलेश्वरमा मनमती खोलाले बगाएर ल्याएको सिलिन्डर छोप्न जाने क्रममा ३० वर्षीय विनोद चौधरी बेपत्ता ।

खोटाङको खोटेहाङ गाउँपालिका वाल्खुवामा पहिरो जाँदा विष्णु राईकी श्रीमती र दुई छोरा बेपत्ता ।

पाँचथरको मिक्लाजुङ गाउँपालिका ४ मा खोलाले बगाउँदा ९ वर्षीय दिवन राई बेपत्ता ।

मोरङ कानेपोखरी गाउँपालिका २ को गेउरिया खोलमा परिचय नखुलेको एक बेपत्ता ।

महोत्तरीको बलवा नगरपालिका ३ बदियाका हमिद मियालाई खोलाले बगाउँदा बेपत्ता ।

इलामको चुलाचुली गाउँपालिका १ की ५५ वर्षीया अञ्चल लावती बेपत्ता ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com