कलंकीमा खोला पस्दा


प्रकाशित मिति : असार २७, २०७६ शुक्रबार

अव्यवस्थित बसोबास बिस्तार काठमाडौंबासीले सार्वजनिक जग्गादेखि खोलोसम्म मिच्न भ्याए। काठमाडौं उपत्यका भएर बग्ने कयौँ खोलाको आकार अहिले सानो ढलमा परिणत भएका छन्।

काठमाडौं हुँदै बग्ने बागमती, विष्णुमति, रुद्रावती, बल्खु, हनुमन्ते र मनोहरासहितका खोलालाई मिचेर मानिसले आफ्नो साम्राज्य चलाइरहेका छन्। अरु ११ महिना यी खोलामाथि मानिससले मनपरी गर्छन्, मिच्छन् र पानीको बहाव नै परिवर्तन गर्छन्।

मानिसले मिचेर खुम्चिएका खोलामध्ये बल्खु खोलाले कलंकी आसापसमा शुक्रबार आफ्नो रौद्ररुप देखायो। बाढीले कलंकस्थित महानगरीय प्रहरी वृत्त डुबानमा परेको छ । त्यस्तै खसी बजार क्षेत्रमा पनि बाढी पसेको छ। वृत्त डुबानमा परेपछि प्रहरी बाहिर निस्किएर बसेका छन् । बाढीले एउटा ग्यास पसल नै बगाएको छ। खोलामा बगेका सिलिन्डर स्थानीयले निकालेका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com