जो सन् २०२० मा खसोखासमा धेरै पढिए : निमा शेर्पाको अनुभवदेखि ट्रम्पको घोषणासम्म


प्रकाशित मिति : पुस १६, २०७७ बिहीबार

खसोखासले सन् २०२० मा पाठकका लागि कोरोना महामारीबारे विशेष कभरेज प्रस्तुत गर्यो । र खसोखासमा सबैभन्दा बढी पढिएको समाचार पनि धेरैलाई आशा जगाउने खालको थियो ।

सन् २०२० मा खसोखासमा सबैभन्दा बढी पढिएको समाचार न्युयोर्ककी नर्स निमा शेर्पाको कोरोनालाई जीतेको अनुभव थियो । न्युयोर्कमा कोरोनालाई पराजित गरेको नेपाली परिवार – ‘हामीले जित्यौं, कोरोनाले हार्यो’ शीर्षकको उक्त सामाग्री खसोखासमा सन् २०२० मा सबैभन्दा धेरैले पढेको सामाग्री हो ।

न्युयोर्कमा कोरोनालाई पराजित गरेको नेपाली परिवार – ‘हामीले जित्यौं, कोरोनाले हार्यो’

यसमा सबै परिवारलाई कोरोना संक्रमित हुँदा पनि उनले धैर्यता र आशा नगुमाई कसरी सामना गरिन् भन्ने उल्लेख गरिएको् थियो । साथै कोरोनालाई जीत्न सकिन्छ भन्ने सन्देश दिइएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै सन् २०२० मा सबैभन्दा बढी पढिएको समाचार दोश्रो नम्बरमा अध्यामगन सम्बन्धी थियो । जनवरीमा राष्ट्रपति डोनाल्ड ट्रम्पले म्यानमार, इरिटेरिया, क्रिग्रिस्तान, नाइजेरिया, सुडान र तान्जिनियामाथि भिसा प्रतिबन्ध लगाउने घोषणामा हस्ताक्षर गरेको समाचार दोश्रो धेरै पढिएको समाचार हो ।

अमेरिकाबाट थप ६ देशमाथि भिसा प्रतिबन्धको घोषणा, डिभी परेकालाई पनि भिसा नदिइने

तेश्रोमा सबैभन्दा धेरै पढिएको समाचार अमेरिकामा भोकै मर्न लागेको भन्दै भिडियोमा रुने युवकको भनाईबारे खसोखासले गरेको फ्याक्ट चेक थियो । खसोखासले कोरोना महामारीमा गलत सुचनाहरु फैलिन नदिन फ्याक्ट चेक स्तम्भको सुरुवात गरेको थियो । भर्जिनियामा बस्दै आएको तर खानेकुरा नपाएर मर्न लागेको भन्दै एकजना नेपाली युवाको भिडियो सामाजिक सञ्जालहरुमा भाइरल बनेको थियो, जुन पछि गलत भएको पुष्टी भएको थियो ।

फ्याक्ट चेक : के अमेरिकामा भोकै मर्न लागेको भन्दै भिडियोमा रुने युवकको भनाई सत्य छ ?

खसोखासले समुदायका समाचारहरुलाई निकै प्राथमिकता दिदै आएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा एक नेपाली युवाको सुतेकै अवस्थामा निधन भएको समाचार खसोखासमा सन् २०२० मा सबैभन्दा धेरै पढिएको चौथो नम्बरमा रहेको समाचार हो । हालैमात्र अमेरिकामा बस्ने कानुनी हैसियत प्राप्त गरेका उनले नेपालबाट श्रीमती र छोरी ल्याउने प्रक्रिया गरिरहेका थिए ।

नेपालबाट परिवार ल्याउने प्रक्रियामा रहेका युवाको अमेरिकामा सुतेकै अवस्थामा निधन

र, यो समाचार खसोखासमा सबैभन्दा धेरै पढिएको पाँचौ नम्बरको समाचार हो ।

विमानस्थलमा ८ घण्टा केरकार, अमेरिका छिर्न नदिएरै जहाजमा राखेर फिर्ता

त्यो बाहेक अन्य अध्यागमन समाचारहरु, समुदायका समाचारहरु, कोरोना भाइरस श्रोत केन्द्र र अपडेटहरु पनि पाठकहरुले निकै चासोका साथ पढेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com