विमानस्थलमा ८ घण्टा केरकार, अमेरिका छिर्न नदिएरै जहाजमा राखेर फिर्ता


प्रकाशित मिति : माघ १५, २०७६ बुधबार

बोस्टनमा अध्ययनका लागि रिहाना इमामी इरानको तेहरानबाट जहाज चढेर बोस्टन आइपुगिन् ।

उनले अमेरिका आउनका लागि यो भिसा पनि निकै मुस्किलले पाएकी थिइन् । अमेरिकी सरकारले झण्डै १ सय दिन उनको पृष्ठभूमि परीक्षण र चेकजाँचपछि उनलाई यो भिसा उपलब्ध गराएको थियो ।

३५ बर्षकी उनी हार्भर्ड डिभाइनिटी स्कुलमा ग्रयाजुएटका लागि आएकी उनी जब लोगान इन्टरनेशनल एयरपोर्टमा आइपुगिन्, उनलाई सीबीपीका अधिकारीहरुले सोधपुछका लागि भन्दै छुट्टै लगे ।

उनलाई विमानस्थलको अलग्गै कोठामा लगियो । उनको यात्रा, कामको अनुभव परिवारको बारेमा मात्र नभई इरानमा रहँदा प्रयोग गर्ने फोननम्बरका बारेमा समेत सोधपुछ भयो । उनको लगेज खोतलेर कुरान निकालियो । अधिकारीले कुरानबारे पनि प्रश्न सोधे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनलाई साउदी अरेबियामा भएको विष्फोटबारे इरानीहरु के सोंच्छन् भनेर समेत सोधियो । साउदी अरेबियाको तेल कम्पनीमा इरान समर्थित एउटा समुहले ड्रोन आक्रमण गरेको थियो ।

उनको ल्यापटप र फोनपनि खानतलासी लिइयो । यदि गरेपछि पनि उनलाई अमेरिका छिर्न दिइएन । झण्डै ८ घण्टापछि उनलाई पाँचबर्षको प्रतिबन्ध लगाउँदै इरान नै फिर्ता पठाइयो । सीबीपीले उनी अमेरिकामा पढ्नमात्र नभई बस्न समेत आएको निष्कर्ष निकालेको थियो ।

त्यस्तै तेहरानको विश्वविद्यालयका एकजना तेजिला विद्यार्थी अमिन फ्लोरिडा युनिभर्सिटीबाट पीएचडी गर्नका लाथि जर्जिया आए । उनलाई एटलान्टाको विमानस्थलमा केरकार गरियो । पछि उनलाई जब सीबीपी अधिकारीले जुन जहाजमा आएको हो, त्यसैमा फर्किनुपर्ने बताए, उनी आत्तिएर काप्न र रुन थाले ।

इरान फर्कने जहाज तीनदिनका लागि उपलब्ध थिएन तर सीबीपी अधिकारीहरुले उनलाई २४ घण्टाभन्दा धेरै एयरपोर्टमा राख्न नसक्ने बताए । एयरपोर्टको कोठामा ६ घण्टा राखेपछि उनलाई हतकडी लगाएर जर्जियाको डिटेन्सन सेन्टरमा लगेर राखियो ।

त्यस्तै अमेरिकामा पीएचडी गर्नका लागि लस एन्जलसको विमानस्थलमा आएका मोहम्मद एल्मीलाई छुट्टै कोठामा लगेर जाँचबुझ र पुछताछ गरियो । पछि उनलाई पनि अमेरिका छिर्न ५ बर्षको प्रतिबन्ध लगाउँदै इरान फिर्ता पठाइयो । एल्मीले आफूलाई आतंककारीलाई जस्तो व्यवहार गरिएको बताए ।

अगस्त यता कम्तीमा पनि १५ जना इरानी विद्यार्थीहरुलाई अमेरिकी विमानस्थलबाट फिर्ता पठाइएको छ । त्यो बाहेक थप २० जनालाई इरानबाटै जहाज चढ्न दिइएन । कैयनले त आफूलाई अमेरिका प्रवेशमा रोक लगाइएको कारण समेत नदिइएको बताएका छन् ।

जनवरीको सुरुतिर अमेरिका र क्यानडाको सिमानामा ६० जना इरानी र इरानी अमेरिकनलाई समेत घण्टौं सोधपुछ गरिएका समाचार आएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com