नेपालबाट परिवार ल्याउने प्रक्रियामा रहेका युवाको अमेरिकामा सुतेकै अवस्थामा निधन


प्रकाशित मिति : फाल्गुन २७, २०७६ मंगलबार

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा एक नेपाली युवाको सुतेकै अवस्थामा निधन भएको छ । बाग्लुङका ३१ बर्षिय सुनिल केसी मृत अवस्थामा भेटिएका हुन् ।

काम गर्ने स्टोरको माथिल्लो तल्लामा बस्दै आएका केसी दुईदिनदेखि काममा नआएपछि स्टोर मै काम गर्ने सहकर्मीहरुले खोजी सुरु गरेका थिए । ढोका नखोलेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले आएर ढोका खोल्दा उनको मृत्यु भइसकेको थियो ।

केसी बाग्लुङको बाग्लुङ नगरपालिकाका हुन् ।

केसीको शव पोष्टमार्टमपछि बाल्टिमोरको कोरोनरी हाउसमा राखिएको जनाइएको छ । उनको मृत्युको कारण खुलिसकेको छैन ।

नेपालमा रहेको उनको परिवारले उनको शव नेपाल मै पठाउन अनुरोध गरेका छन् । हालैमात्र अमेरिकामा बस्ने कानुनी हैसियत प्राप्त गरेका केसीले नेपालबाट श्रीमती र छोरी ल्याउने प्रक्रिया गरिरहेको जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com