अमेरिकाबाट थप ६ देशमाथि भिसा प्रतिबन्धको घोषणा, डिभी परेकालाई पनि भिसा नदिइने


प्रकाशित मिति : माघ १७, २०७६ शुक्रबार

अमेरिकाकाले आज म्यानमारसहित थप ६ देशमाथि भिसा प्रतिबन्धको घोषणा गरेको छ । आज अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले म्यानमार, इरिटेरिया, क्रिग्रिस्तान, नाइजेरिया, सुडान र तान्जिनियामाथि भिसा प्रतिबन्ध लगाउने घोषणामा हस्ताक्षर गरेका छन् ।

नयाँ प्रतिबन्ध अनुरुप बर्माका आप्रवासीहरुलाई अमेरिकामा आउन भिसा प्रतिबन्ध लगाइएको छ । तर अमेरिकी सरकारलाई सहयोग प्रदान गर्ने आधारमा विशेष आप्रवासीका लागि योग्य हुनेले भने भिसा प्राप्त गर्नसक्नेछन् । इरिटेरिया, क्रिग्रिस्तान र नाइजेरियामाथि पनि यस्तै खालको भिसा प्रतिबन्ध लगाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको घोषणाको पूर्ण पाठ यहाँ उपलब्ध छ ।

सुडान र तान्जिनियाका नागरिकका सन्दर्भमा पनि डिभी लोटरी परेकाहरुलाई अमेरिकी भिसामा प्रतिबन्ध लगाइएको छ । सुडानबाट अमेरिकामा आतंककारीहरु आउनसक्ने सम्भावना भएको भन्दै डिभी लोटरी विजेताहरुमाथि प्रतिबन्ध लगाइएको हो । तान्जिनियाका सन्दर्भमा भने सुचना शेयर गर्ने प्रावधान पूरा नगरेको भन्दै डिभी लोटरी विजेताहरुको भिसामा प्रतिबन्ध लगाइएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भिसा प्रतिबन्धबारे प्रेस सेक्रेटरीको वक्तब्य

भिसा प्रतिबन्ध घोषणा गरिएका नयाँ मुलुकहरुमा बर्मा बाहेक सबैमा ३५ प्रतिशत वा त्यो भन्दा बढी मुस्लिम जनसंख्या रहेको छ । यसअगाडि राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको यात्रा प्रतिबन्धमा पनि मुस्लिम बाहुल्य देशहरु रहेका थिए ।

भिसा प्रतिबन्धबारे होमल्याण्ड सेक्युरिटीको वक्तब्य

यसअगाडि अमेरिकामा भिसा प्रतिबन्ध लगाइएकाहरु

यस अगाडि देखि नै इरान, लिबिया, नर्थ कोरिया, सिरिया र यमनका नागरिकहरुलाई सामान्यतया अमेरिका आउनमा रोक लगाइएको छ । उनीहरुलाई भिजिटर लगायतका गैर आप्रवासी भिसा वा अमेरिकामा विभिन्न श्रेणीको ग्रिनकार्ड फाइल गरेर आप्रवासी भिसामा आउनसमेत प्रतिबन्ध लगाइएको छ ।

इरान, लिबिया र यमनका विद्यार्थीहरुका सन्दर्भमा भने केही अपवाद लागु गरिएको छ । उनीहरु विद्यार्थी भिसामा अमेरिका आउनसक्ने बाटो त खोलिएको छ तर त्यो बाटो निकै साँगुरो छ ।

सुरुमा चाडलाई पनि भिसा प्रतिबन्ध लगाइएको थियो । तर पछि उक्त सुचीबाट भने चाडलाई हटाइयो । सोमालियाका नागरिकलाई पनि अमेरिकामा आप्रवासी भिसामा प्रतिबन्ध लगाइएको छ । तर अमेरिका भ्रमण गर्न आउनका लागि भिजिटर लगायतका गैर आप्रवासी भिसामा भने प्रतिबन्ध लगाइएको छैन ।

भेनेजुएलाका केही सुरक्षा अधिकारीहरुमाथि पनि भिसा प्रतिबन्ध लगाइएको छ ।

यात्रा प्रतिबन्ध सुरु भएपछि ४२ हजार भिसाका आवेदनहरुलाई अयोग्य सावित गरिसकिएको छ । तर कतिपय भिसाका आवेदनमा भने वेभर समेत जारी गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com