पोर्चुगलमा देशब्यापी स्टेट अफ अलर्ट, सोमबारदेखि विद्यालयहरु बन्द हुने, त्रासमा नेपाली
प्रकाशित मिति : फाल्गुन ३०, २०७६ शुक्रबार

पोर्चुगलको सरकारले कोरोना संक्रमणसँग जुध्न देशब्यापी स्टेट अफ अलर्ट जारी गरेको छ । सोमबारदेखि पोर्चुगलमा सबै विद्यालय र विश्वविद्यालयहरु बन्द हुने भएका छन् । स्टेट अफ अलर्ट विगतमा आगलागीका बेलामा र इन्धन आपूर्तिमा अवरोधका बेलामा जारी गरिएको थियो ।
कोरोना फैलिने मुख्य माध्यम हात, उपलब्ध भएसम्म सेनिटाइजर होइन साबुन पानीको प्रयोग गर्न सुझाव
पोर्चुगलका राष्ट्रपति केहीदिनदेखि सेल्फ क्वारेन्टाइनमा रहेका छन् । पोर्चुगलमा सकभर सबैकामहरु रद्द गरेर घरभित्रै बस्न भनिएको छ । अहिलेसम्म पोर्चुगलमा ११२ जनामा कोरोनाको संक्रमण पुष्टी भएको छ । आजमात्रै थप ३४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
पोर्चुगलमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा त्यहाँ रहेका नेपालीहरुमा पनि त्रास बढेको छ । युरोपका देशहरुमध्ये पोर्चुगलमा नेपालीहरुको संख्या उल्लेख्य रहेका कारण उनीहरु काममा जान समेत त्रसित हुन थालेका छन् ।
विमानमा यात्रा गर्दै हुनुहुन्छ ? यसरी रहनुहोस् कोरोनाबाट सुरक्षित
अहिलेसम्म विश्वमा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार ६ सय ३७ पुगेको छ । मृतकको संख्या ५ हजार १ सय २० पुगेको छ । चीनमा संक्रमित दर अत्यन्तै कम भइरहेको छ भने मृत्युदर पनि कम भइरहेको छ । तर युरोप र एसियामा संक्रमण दर उच्च बनेको छ ।
स्पेनमा आजमात्रै थप ११८८ मा कोरोना संक्रमण पुष्टी भएको छ भने इरानमा आजमात्रै १२८९ जनामा कोरोना संक्रमण भएको छ । इटलीमा कोरोना संक्रमितको संख्या १५ हजार १ सय १३ पुगेको छ ।
कोरोना भाइरसबारे ५ हल्ला र सत्यकुरा : लिसा मारागाकिस, बरिष्ठ निर्देशक, जोन हप्किन्स मेडिसिन
युरोपको शेंगेन क्षेत्रमा कोरोनाको संक्रमण छिटो फैलिएको देखिएको छ । शेंगेन क्षेत्रभित्र पर्ने इटली, स्पेन, जर्मनी, फ्रान्स र स्वीट्जरल्याण्डमा सबैभन्दा धेरै प्रकोप देखिएको छ । त्यस्तै युरोपका नर्वे, स्वीडेन, नेदरल्याण्ड, डेनमार्क, बेल्जियम, अष्ट्रिया पनि कोरोनाबाट उच्चरुपमा प्रभावित छन् ।
फ्याक्ट चेक : यसरी फैलिन्छ कोरोना भाइरस, मास्क लगाउने र अन्यले अपनाउनुपर्ने सावधानी