बजेट नयाँ सरकारले नै ल्याउछ त ?


प्रकाशित मिति : बैशाख १०, २०७४ आईतबार

स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमति भएको छ । यसैबीच नयाँ बजेट कुन सरकारले ल्याउला भन्ने प्रश्न उठ्न थालेको छ ।

सरकार र मधेसी मोर्चाबीच शनिबार स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमति भएको थियो । दोस्रो चरणको निर्वाचन जेठ ३१ मा गर्ने लगभग सहमति भएको छ ।
प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कहिले सत्ता हस्तान्तरण गर्छन् भन्ने हो ।

यो सहमतिका क्रममा बजेट र सत्ता हस्तान्तरणबारे पनि समझदारी भएको जनाईएको छ ।
प्रधानमन्त्री प्रचण्ड जेठ १ गते नै सरकार छाड्न सहमत भएका छन् । यो सहमति अनुसार जेठको पहिलो साता नै कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बुझिएको छ भने बजेट पनि नयाँ सरकारले ल्याउनेछ । दुई चरणमा चुनाव हुने भएपछि बजेट कसले ल्याउँछ भन्ने प्रश्न आउन थालेको हो ।
कांग्रेस र माओवादीका शीर्ष नेताहरुको बैठकमा देउवाले प्रधानमन्त्री प्रचण्डसामू पटकपटक जेठ १ मा आफूलाई सत्ता हस्तान्तरण गर्नु पर्ने बताउँदै आएका थिए । यसो भन्नुको कारण बजेट नै हो । जेठ १५ मा बजेट ल्याउने संवैधानिक व्यवस्था नै छ ।
माओवादी श्रोतका अनुसार सहमितकै आधारमा सत्ता हस्तातरण गर्ने जनाईएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com