अमेरिकाको कामदार भिसाको लोटरी दर्ता गर्नेहरु गतबर्षको तुलनामा ३ लाख कम


प्रकाशित मिति : बैशाख १८, २०८१ मंगलबार

अमेरिकाको कामदार भिसा एचवान बीका लागि मार्चमा खोलिएको लोटरीबाट १ लाख १४ हजार जनालार्ई छनौट गरिएको छ । आगामी आर्थिक बर्षको कामदार भिसा एचवान बीका लागि लोटरीमा प्रयाप्त आवेदनहरु प्राप्त भएको युएससीआईएसले जनाएको छ । यसपटक हरेक ४ जना आवेदकमध्ये एकजना लोटरीमा छनौट भएका छन् । उनीहरुमध्ये ८५ हजारले अमेरिकाको कामदार भिसा प्राप्त गर्नेछन् ।

गतबर्षको तुलनामा यसपटक कामदार भिसाको लोटरीमा दर्ता संख्यामा उल्लेख्य गिरावट आएको छ । गतबर्षको तुलनामा यो पटक झण्डै ३ लाख कम आवेदनहरु प्राप्त भएका थिए । गतबर्ष ७ लाख ८० हजार ८ सय ८४ आवेदनहरु लोटरीका लागि दर्ता गरिएकोमा यसपटक जम्मा ४ लाख ७९ हजार ९ सय ५३ आवेदनहरुमात्र दर्ता भए । जुन झण्डै ३९ प्रतिशत कम हो ।

यो बर्ष रोजगारदाताको संख्यामा भने गतबर्षको तुलनामा सामान्य बृद्धि देखिएको छ । गतबर्ष ५२ हजार रोजगारदाताहरु रहेकोमा यो बर्ष ५२ हजार ७ सय रोजगारदाताहरु रहेको युएससीआईएसले जनाएको छ । गतबर्षको लोटरीमा सुरुमा १ लाख १० हजार आवेदनहरु छनौट गरिएकोमा पछि यसमा बृद्धि गरेर १ लाख ८८ हजार आवेदन छनौट गरिएको थियो । जसका कारण छनौट भएका अधिकांशले भिसा पाएनन् । अघिल्ला बर्षहरुमा भने लोटरीमा छनौट भएका आधाभन्दा धेरैले भिसा पाएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसपटकको लोटरीमा छनौट भएकाहरुको बाँकी प्रकृया अप्रिलदेखि सुरु भएको छ भने उनीहरुले आगामी अक्टोबरमा काम सुरु गर्नेगरी भिसा पाउन सुरु गर्नेछन् । अमेरिकामा कामदार भिसा एचवानबी प्राप्त गर्ने नेपालीहरुको संख्या पनि उल्लेख्य रहेको छ ।

यो भिसाका लागि अमेरिका आउन चाहने व्यक्तिले आफै अनलाइनमा गएर सिधा आवेदन दिन सक्दैन । यदि उसलाई अमेरिकामा रहेको कम्पनीले रोजगारको अफर गरेको छ भनेमात्र उक्त रोजगारदाता कम्पनी वा उसको प्रतिनिधि वा उसको कानुन व्यवसायीलेमात्र अनलाइनमा गएर आवेदन दर्ता गर्नसक्छ । एचवानबी भिसामार्फत आउने पदका लागि लाभग्राहीको कम्तीमा स्नातक वा त्यो भन्दामाथिको शिक्षा हासिल गरेको वा सो सरह हुन जरुरी छ ।

कम्पनीमा गर्ने काम उक्त डिग्री भएको व्यक्तिलेमात्र गर्नसक्ने पुष्टी हुनुपर्छ । वा कम्पनीको कामका लागि डिग्री हुनु सामान्य मापदण्ड भएको पुष्टी हुनुपर्छ । यसको मतलव कम्पनी यदि डिग्री नचाहिने खालको छ भने किन डिग्री होल्डरको आवश्यकता छ भन्ने पुष्टी गर्नुपर्छ वा कम्पनी डिग्री चाहिने खालको हुनुपर्छ । लाभग्राही अमेरिकाको मान्यताप्राप्त कलेज वा युनिभर्सिटीबाट स्नातक वा त्योभन्दा माथिको डिग्री हासिल गरेको हुनुपर्छ । अमेरिकामा डिग्री हासिल गरेर स्वदेश फर्किसकेको छ भने पनि फरक पर्दैन ।

वा, अमेरिकाको स्नातक वा त्योभन्दामाथिको डिग्रीसरह मान्यता पाउनेगरी विदेशको डिग्री प्राप्त गरेको हुनुपर्छ । वा, विशेष पेशामा आवद्ध भएर काम गर्नका लागि राज्यका तर्फबाट लाइसेन्स प्राप्त गरेको हुनुपर्छ । जुन लाइसेन्सले विशेष पेशाको अभ्यासका लागि अनुमति प्रदान गर्छ । वा, कुनै विषयगत शिक्षा वा प्रशिक्षण प्राप्त गरेको हुनुपर्छ । जुन विशेष डिग्री सरह नै हुन्छ । यसो हुँदा सम्बन्धित विषयमा विज्ञ भएको हुनुपर्छ ।

सामान्यता यी मापदण्डहरु पूरा गरेको रोजगारदाता र लाभग्राहीले अमेरिकाको कामदार भिसा एचवानबी बाट फाइदा लिनसक्छन् । चालु आर्थिक बर्षको चार महिनामा मात्र ३९५ जना नेपालीहरुले कामदार भिसा एचवान बी पाइसकेका छन् भने ९९ जना उनीहरुका आश्रितहरुले एचफोर भिसा पाइसकेका छन् । गत आर्थिक बर्ष २०२३ मा ११३५ जना नेपालीहरुले अमेरिकाको कामदार भिसा एच प्राप्त गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com