अमेरिकाको भिसा आवेदकलाई पुरक प्रश्न सोध्न आवश्यक भए नभएकोबारे जान्न ३० दिने सुचना जारी


प्रकाशित मिति : बैशाख १७, २०८१ सोमबार

अमेरिकी विदेश मन्त्रालयले भिसा आवेदकलाई पुरक प्रश्न सोध्न आवश्यक भए नभएकोबारे सार्वजनिक प्रतिकृया जान्नका लागि ३० दिने सुचना जारी गरेको छ । अमेरिकी विदेश मन्त्रालयको उचित कार्यका लागि प्रस्तावित सूचना सङ्कलन आवश्यक भए नभएको मूल्याङ्कन गर्न सार्वजनिक टिप्पणीहरू अनुरोध गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

पुरक प्रश्नहरुका लागि समय र लागत बोझको अनुमानको मूल्याङ्कन गर्न तथा प्रयोग गरिएको विधि र मान्यताहरु अर्थपूर्ण भए नभएको जाँच्नका लागि पनि प्रतिकृया मागिएको हो । सङ्कलन गरिने जानकारीको गुणस्तर, उपयोगिता र स्पष्टता बढाउन तथा स्वचालित सङ्कलन प्रविधि वा सूचना प्रविधिको अन्य प्रकारको प्रयोग सहित प्रतिक्रिया दिन चाहनेहरूमाथि रिपोर्टिङ बोझ कम गर्न यो सुचना जारी गरिएको जनाइएको छ ।

सोमबार फेडरल रजिष्ट्ररमा प्रकाशित सुचना पढ्न यहाँ क्लीक गर्नुहोला ।

पेश गरिएका टिप्पणी र प्रतिकृयाहरू सार्वजनिक हुने भएकाले कुनै पनि विस्तृत व्यक्तिगत जानकारी समावेश गर्नु अघि सजगता अपनाउन भनिएको छ । किनभने कसैले व्यक्तिगत जानकारी सहित प्रतिकृयाहरु दिएमा ती वपनि सार्वजनिक समीक्षाको लागि उपलब्ध हुनेछन्। त्यसैले टिप्पणी गर्दा व्यक्तिगत जानकारी समावेश नगर्न सचेत गराइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकाको आप्रवासी र गैर आप्रवासी भिसाका लागि कन्सुलर अधिकारीहरुले आवेदकबाट थप जानकारी चाहिने महसुस गरेको खण्डमा पुरक प्रश्न सोध्न र जानकारीहरु लिन सक्छन् । गैरआप्रवासी भिसाको लागि उसको योग्यताको निर्धारण गर्न तथा अध्यागमन र राष्ट्रियता कानूनको कार्यान्वयनको थप जानकारीहरू आवश्यक पर्नसक्छ । त्यस्तै प्रावधान आप्रवासी भिसा आवेदकका हकमा पनि लागु हुन्छ ।

भिसा प्राप्त गर्न आवेदकको योग्यता निर्धारण गर्न आवेदनमा प्रदान गरिएको जानकारी अपर्याप्त भएको कन्सुलर अधिकारीले विश्वास गरेमा अतिरिक्त आवश्यक जानकारी पेश गर्न लगाउन  वा कुनै पनि सान्दर्भिक विषयमा आवेदकलाई प्रश्न गर्न आवश्यक हुनसक्छ। कन्सुलर अधिकारीहरूले आप्रवासी र गैरआप्रवासी भिसा आवेदकलाई डीएस ५५३५ नामको पुरक फर्म भर्न समेत लगाउन सक्छन् ।

कन्सुलर अधिकारीहरूले विश्वव्यापी रूपमा गैरआप्रवासी र आप्रवासी भिसा आवेदकहरूलाई मौखिक रूपमा वा इलेक्ट्रोनिक वा कागजमा प्रश्नहरूको प्रतिलिपि प्रदान गरेर पूरक प्रश्नहरू सोध्न सक्छन् । आवेदकले मौखिक रूपमा, इमेल मार्फत, लिखित प्रतिक्रिया मार्फत वा ईसंस्करण मार्फत जवाफ दिन सक्छन् । सूचना सङ्कलनको ईसंस्करणमा कागजी संस्करणमा रहेकै प्रश्नहरू समावेश हुन्छन् । विभिन्न प्लेटफर्महरूको कारण ढाँचामा थोरै भिन्नताहरू छन्। कागजको प्रतिलिपि प्रदान गर्दापनि आवेदकले इलेक्ट्रोनिक रूपमा फारम पेश गर्न समेत सक्नेछन् ।

पुरक प्रश्नहरु समेटिएको डीएस ५५३५ फर्ममा आवेदकको १५ बर्षको इतिहास लगायतका जानकारीहरु मागिएको हुन्छ । उक्त फर्ममार्फत यात्राका लागि उपलब्ध फण्डबारे पनि विवरण खुलाउनुपर्छ । कुनै देशभित्रैको आतंकवादी नियन्त्रित क्षेत्रमा भ्रमण गरेको भएमा त्यसको विवरण पनि खुलाउनुपर्छ । त्यस्तै १५ बर्षको रोजगारको इतिहास र आवासीय इतिहास पनि खुलाउनुपर्छ ।

आफ्ना सबै पासपोर्ट नम्बरहरु, दाजुभाई दिदीबहिनीका नाम र जन्ममितिहरु, सबै छोराछोरीका नाम र जन्ममितिहरु, सबै दम्पत्ति वा पूर्व दम्पत्तिहरुका नाम र जन्ममितिहरु समेत उल्लेख गर्नुपर्नेछ ।

कुनै आवेदकको बारेमा थप जाँचबुझ गर्नुपरेमा मात्र डीएस ५५३५ फर्म भर्न लगाइन्छ । सबै नियमित आवेदकहरुले भने यो फर्म भर्नु पर्दैन । थप प्रश्नहरु भएमा भिसा अधिकारीले अन्तरवार्ताका बेलामा समेत सोध्न सक्छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com