अमेरिकी अध्यागमन अदालतमा नेपालीका एसाइलमका मुद्दाबारे नयाँ रिपोर्ट, ८३१० मुद्दा पेन्डिङ


प्रकाशित मिति : जेष्ठ ७, २०८१ सोमबार

अमेरिकी अध्यागमन अदालतमा नेपालीका एसाइलमका मुद्दाबारे नयाँ रिपोर्ट सार्वजनिक भएको छ । जस अनुशार अध्यागमन अदालतमा नेपालीका ८३१० एसाइलम मुद्दा पेन्डिङ अवस्थामा रहेका छन् । जसमध्ये न्युयोर्कका अदालतमा सबैभन्दा धेरै ३०८७ नेपालीका एसाइलमका मुद्दाहरु पेन्डिङ रहेका छन् ।

दोश्रोमा सान एन्टोनियाको अदालतमा १९०३ जना नेपालीका एसाइलम मुद्दा पेन्डिङ रहेका छन् । त्यस्तै सान फ्रान्सिस्कोमा १५१९ नेपालीका एसाइलमका मुद्दाहरु पेन्डिङ अवस्थामा रहेको सरकारी तथ्यांक रहेको छ । टेक्सासको डालसमा २९३ नेपालीका एसाइलम मुद्दा पेन्डिङ अवस्थामा रहेका छन् ।

कन्कर्डमा १९७, डेनभरमा १९०, बाल्टिमोरमा १८५, बोस्टनमा ९०, नेवार्कमा ७४, शिकागोमा ६७ जना नेपालीका एसाइलमका मुद्दाहरु पेन्डिङ रहेका छन् । नेपालीका एसाइलमका मुद्दाहरु अध्यागमन अदालतमा पेन्डिङ हुने दर सबैभन्दा उच्च बिन्दुमा पुगेको हो । आर्थिक २०२३ को अन्त्यमा ६ हजार ४ सय २४ नेपालीका एसाइलम मुद्दा अमेरिकाका अध्यागमन अदालतहरुमा पेन्डिङ अवस्थामा रहेका थिए ।

एसाइलमबाहेक ६ जना नेपालीहरुको अपराध सम्बन्धि देशनिकालाका मुद्दाहरु पनि अमेरिकाका अध्यागमन अदालतहरुमा चलिरहेका छन् । जसमध्ये क्लीभल्याण्डमा २, आर्लिङटनमा २, फ्लोरेन्समा १ र स्टर्लिङमा १ रहेका छन् । यी अपराधहरु कुन प्रकृतिका हुन् भन्ने खुलाइएको छैन ।

अदालतमा उपस्थीत हुनका लागि नोटिस टु अपियरको मितिदेखि औषतमा नेपालीका मुद्दाहरुको पेन्डिङ अवधि ५९८ दिन रहेको छ । जसमध्ये डेट्रोइटमा सबैभन्दा धेरै १६१३ दिन रहेको छ भने ओमाहामा १४ सय दिन रहेको छ । न्युयोर्कमा भने ७३६ दिन रहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com