इरानका उपराष्ट्रपति मोख्बर अन्तरिम राष्ट्रपति घोषित


प्रकाशित मिति : जेष्ठ ७, २०८१ सोमबार

इरानका सर्वोच्च धार्मिक नेता तथा नेता आयतोल्लाह खामेनीले इरानका उपराष्ट्रपति मोहम्मद मोख्बरलाई अन्तरिम राष्ट्रपति घोषणा गर्नुभएको छ ।

इरानमा आगामी ५० दिनभित्र नयाँ राष्ट्रपति चयनका लागि मतदान हुँदैछ । “संविधानको धारा १३१ अन्तर्गत, उपराष्ट्रपति मोख्बरले कार्यपालिकाको नेतृत्व गर्नुहुनेछ र व्यवस्थापिका र न्यायपालिकाले अधिकतम ५० दिन भित्र नयाँ राष्ट्रपतिको चयन सुनिश्चित गर्नुहुनेछ “ खामेनीले एक विज्ञप्तिमा भन्नुभएको छ ।

इब्राहिम राइसीको हेलिकप्टर आइतबार साँझ दुर्घटनामा परेको थियो । दुर्घटनामा इरानका विदेशमन्त्रीको पनि मृत्यु भएको छ ।

रायसीको निधनपछि विश्वभरका नेताहरूले इरानमा शोक सन्देश पठाएका छन् । दुर्घटनामा इरानका विदेशमन्त्रीको पनि मृत्यु भएको छ ।
पछिल्लो निर्वाचनमा इब्राहिम राईसीले खासै चुनौती सामना गर्नु परेको थिएन ।

३० प्रतिशत मतदाताले मात्रै मताधिकार प्रयोग गरेका थिए । इरानका अधिकांश मतदाताले पछिल्लो चुनाव बहिष्कार गरेका थिए । एजेन्सीहरु

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com