इरानी राष्ट्रपति र विदेशमन्त्री सवार हेलिकप्टर दुर्घटना भएको स्थान फेला


प्रकाशित मिति : जेष्ठ ६, २०८१ आईतबार

IRAN-AZERBAIJAN-ACCIDENT

इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटना भएको स्थान फेला परेको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार दुर्घटनामा परेको हेलिकप्टरमा सवार भएकाहरु जीवितै रहेको कुनै संकेत देखिएको छैन ।

समाचार एजेन्सी रोयटर्सका अनुसार एक इरानी अधिकारीले दुर्घटनामा हेलिकप्टर पूर्ण रुपमा जलेको बताएका छन् ।

इरानको सरकारी मिडियाका अनुसार राहत तथा उद्धार टोली केही समयभित्रै दुर्घटनास्थलमा पुग्नेछ । इरानी सञ्चारमाध्यमले बाहिर आएको जानकारी अनुसार अवस्था राम्रो नभएको दाबी गरेको छ ।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार दुर्घटनास्थल हार्ड ल्यान्डिङको अपेक्षा गरिएको ठाउँबाट करिब दुई किलोमिटर टाढा छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आइतबार इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान चढेको हेलिकप्टर दुर्घटनामा परेको थियो ।

हेलिकप्टरमा इरानका गृहमन्त्री अहमद वाहिदी, राष्ट्रपति रायसी र विदेशमन्त्री पनि सवार थिए । दुर्घटनापछि ठूलो परिमाणमा खोजी कार्य भइरहेको छ । – बीबीसी हिन्दीबाट 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com