अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा इजरायललाई दिइने ४ अर्ब डलरको सहायता कटौतीको घोषणा


प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार

अमेरिकी राष्ट्रपति ट्रम्प । तस्वीर : एपी/रासस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई वर्षको अन्त्यसम्ममा ४ अर्ब डलर बराबरको सहायता रोक्ने घोषणा गरेका छन्। उनले इजरायललाई अब उक्त आर्थिक तथा सैन्य सहयोगको आवश्यकता नरहेको बताए।

मंगलबार निर्वाचनको बिहान फक्स न्युजसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकी सहायता राजनीतिक विवादको विषय बनेको उल्लेख गरे। साथै, इजरायललाई सहायता आवश्यक नरहेको अवस्थामा किन रिपब्लिकनहरूले आलोचना खेप्नुपर्ने भन्दै प्रश्नसमेत उठाएका छन्।

ट्रम्पले इजरायललाई प्रदान गरिँदै आएको करिब ४ अर्ब डलरको सहायता वर्षको अन्त्यमा समाप्त गर्ने संकेत गरेका छन्।

इजरायलका विपक्षी नेता तथा पूर्व प्रधानमन्त्रीका प्रतिद्वन्द्वी गादी इजेंकोटले यो निर्णयलाई इजरायली राष्ट्रिय सुरक्षाका लागि गम्भीर खतरा भन्दै प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको आलोचना गरेका छन्।

विश्लेषकहरूले यो घोषणालाई अप्रत्याशित र दुवै देशको राजनीतिक वृत्तमा ध्रुवीकरण बढाउने खालको रूपमा हेरेका छन्। अमेरिकाले यसअघि सन् २०१८ देखि लागू हुने गरी १० वर्षे सम्झौतामार्फत वार्षिक ३.८ अर्ब डलरको सैन्य सहायता उपलब्ध गराउँदै आएको थियो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com