इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा मृत्यु, विदेशमन्त्री पनि रहेनन्


प्रकाशित मिति : जेष्ठ ७, २०८१ सोमबार

इरानको सरकारी टेलिभिजनका अनुसार राष्ट्रपति इब्राहिम रायसीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । राष्ट्रपति राईसीको हेलिकप्टर आइतबार दुर्घटनाग्रस्त भएपनि सोमबार भग्नावशेष भेटिएपछि उनको मृत्यु भएको पुष्टि भएको थियो ।

उक्त दुर्घटनामा इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियान र हेलिकप्टरमा सवार अन्य व्यक्तिको पनि मृत्यु भएको छ ।

समाचार एजेन्सी एपीका अनुसार हेलिकप्टरमा अंगरक्षक, पाइलट, को-पाइलट, सुरक्षा प्रमुख जस्ता अधिकारीहरू पनि सवार थिए। सोमबार बिहान हेलिकप्टर दुर्घटनास्थलमा उद्धारकर्मी पुगेपछि यो जानकारी आएको हो ।

यसअघि इरानको सरकारी सञ्चारमाध्यमले दुर्घटनामा परेको हेलिकप्टरबाट जीवितै कुनै संकेत नदेखिएको बताएको थियो । समाचार एजेन्सी रोयटर्सका अनुसार एक इरानी अधिकारीले दुर्घटनामा हेलिकप्टर पूर्ण रुपमा जलेको बताएका छन् ।

हेलिकप्टर दुर्घटना भएको ठाउँमा मौसम निकै खराब थियो । जसका कारण उद्धारकर्मीलाई घटनास्थलमा पुग्न निकै संघर्ष गर्नुपरेको थियो । क्विज कालासी र खोडाफरिन बाँधको उद्घाटन गर्न राष्ट्रपति रायसी आइतबार अजरबैजान गएका थिए ।

उद्घाटनपछि राईसी तबरेज सहरतर्फ लागेका थिए । ताब्रिज इरानको पूर्वी अजरबैजान प्रान्तको राजधानी हो। यही क्रममा हेलिकप्टर बाटोमा दुर्घटनामा परेको थियो ।

हेलिकप्टर दुर्घटना भएको क्षेत्र ताब्रिज सहरबाट ५० किलोमिटर टाढा भार्जेकन सहर नजिकै रहेको छ ।

-बीबीसी हिन्दीबाट 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com