न्युयोर्कका बासिन्दाले एयर कन्डिसनर वा पङखाका लागि १ हजार डलरसम्म पाउनसक्ने, आवेदन खुला


प्रकाशित मिति : बैशाख २५, २०८१ मंगलबार

fan of 100 U.S. dollar banknotes

यदि तपाई न्युयोर्कको बासिन्दा हुनुहुन्छ भने तपाईले एसी वा पङखाका लागि १ हजार डलरसम्म प्राप्त गर्न सक्नुहुनेछ । राज्य सरकारले निश्चित योग्यताका मापदण्ड पूरा गरेकाहरुलाई एसी वा पङखा खरिद गर्न पैसा दिने कार्यक्रम संचालन गर्दै आएको छ ।

चिसोका लागि सहायता न्युयोर्क राज्यको गृह ऊर्जा सहायता कार्यक्रम मार्फत प्रदान गरिन्छ। योग्य व्यक्तिले झ्याल वा पोर्टेबल एयर कन्डिसनर इकाई वा पङखा वा झ्यालको ईकाई निर्माणका लागि ८ सय डलरसम्म प्राप्त गर्न सक्छन् अवस्थित वाल स्लीभ इकाई भएकाहरूले १ हजार डलरसम्म प्राप्त गर्न सक्छन्।

यो कार्यक्रमले गर्मी सम्बन्धी रोगको उच्च जोखिममा रहेका न्युयोर्कवासीहरूलाई गर्मी महिनाहरूमा चिसो रहन मद्दत गर्नका लागि एयर कन्डिसनर र पङखाहरू उपलब्ध भएकाले योग्यहरुलाई छिट्टै आवेदन दिन सुझाव दिइएको छ । सबैभन्दा खराब मौसमको अनुभव गर्नु अघि नै एयर कन्डिसनर स्थापना गर्नका लागि शीघ्र आवेदनको सुझाव दिइएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रम प्रति परिवार एक एकाइमा सीमित रहेको छ । छ, र घर ज्भ्ब्ए लाभहरूको लागि योग्य वा पहिले नै भएको हुनुपर्छ। घरमा बस्ने कुनै एक व्यक्ति अमेरिकी नागरिक वा सन्तोषजनक अध्यागमन स्थिति भएको व्यक्ति हुनु आवश्यक छ। भाँचिएको एयर कन्डिसनर भएका वा पाँच वा बढी वर्ष पुरानो एयर कन्डिसनर भएकाहरुमात्र योग्य हुन्छन् ।

यो कार्यक्रमका लागि अप्रिल १५ देखि नै आवेदन खुला भइसकेको छ भने तोकिएको आम्दानीको मापदण्ड भएकाहरुमात्र यो कार्यक्रममा योग्य हुन्छन् । एकजनाको परिवार भएमा मासिक आम्दानी ३ हजार ३५ डलरसम्म, २ जनाको परिवार भएमा ३९७० डलरसम्म, ३ जनाको परिवार भएमा ४९०४ डलरसम्म, ४ जनाको परिवार भएमा ५ हजार ८ सय ३८ डलरसम्म र ५ जनाको परिवार भएमा ६ हजार ७ सय ७२ डलरसम्म आम्दानी हुनेहरुमात्र यो कार्यक्रमका लागि योग्य हुन्छन् ।

पहिले नै पूरक पोषण सहायता कार्यक्रम स्न्याप, अस्थायी सहायता टीए वा पुरक सेक्युरिटी आम्दानीमध्ये एक लिएकाहरुले आम्दानीको मापदण्ड देखाइरहन पर्दैन । कार्यक्रमका लागि योग्य हुनमा घरमा कम्तीमा एकजना ६० बर्षमाथिको वा ६ बर्षभन्दा कम उमेरको व्यक्ति हुनुपर्छ । त्यसको साटो घरमा गर्मीले असर गर्ने स्वास्थ्य अवस्था भएको व्यक्तिमा पनि कार्यक्रमका लागि योग्य हुन सकिन्छ । विगत ५ बर्षको अवधिमा यो सुविधा नलिएकाहरुमात्र योग्य हुन्छन् ।

आवेदन दिनका लागि यहाँ क्लीक गर्न सकिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com