अमेरिकामा बस्नका लागि उत्कृष्ट र खराब राज्यहरु, न्युयोर्क कति नम्बरमा?


प्रकाशित मिति : जेष्ठ ६, २०८१ आईतबार

brown rock formation

यूएस न्यूज एण्ड वर्ल्ड रिपोर्टले अमेरिकामा आफ्ना नागरिकहरूको आवश्यकताहरू पूरा गर्ने सन्दर्भमा उत्कृष्ट राज्यहरुको सुची प्रकाशित गरेको छ । मङ्गलबार जारी गरिएको सुचीमा राज्यहरूले ७० मेट्रिक्समा आठ कोटीहरूमा बासिन्दाहरूलाई कति राम्रो सेवा दिन्छन् भन्नेबारे मापन गर्छ । अर्थव्यवस्था, वित्तीय स्थिरता, शिक्षा, स्वास्थ्य सेवा, पूर्वाधार, प्राकृतिक वातावरण, अवसर, र अपराध र सुधारहरूको सुचकांक यसमा समावेश गरिएको छ ।

सुचकांकमा स्वास्थ्य सेवा र शिक्षालाई सबैभन्दा बढी भार दिइएको छ । सुची तयार पार्नका लागि मानिसहरूको लागि सबैभन्दा महत्त्वपूर्ण कुरालाई फरक फरक भार प्रदान गरिएको छ । कतिपय राज्यहरु कुनै सुचकांकमा अगाडि त कुनैमा पछाडि दिएका छन् । तर समग्र मुल्यांकनमा उत्कृष्ट पहिलोमा परेको छ युटाह, जहाँ शिक्षा र अर्थतन्त्रको सुचकांक निकै राम्रो छ । । अपराध नियन्त्रणमा अग्र स्थानमा रहेको न्यु ह्याम्पशायर दोश्रोमा परेको छ भने नेब्रास्का समग्रमा तेश्रोमा छ ।

buildings near body of water landscape photography

चौथोमा परेको छ मिनेसोटा । त्यस्तै पाँचौंमा आइदायो, छैठौंमा आयोवा, सातौंमा भर्मोन्ट, आठौंमा वासिंटन राज्य, नवौंमा फ्लोरिडा दशौंमा मासाचुसेट्स परेको छ । एघारौंमा साउथ डाकोटा, १२ औंमा वायोमिंग, १३ औंमा भर्जिनिया, १४ औंमा न्युजर्सी, १५ औंमा नर्थ डाकोटा, १६ औंमा कोलोराडो, १७ औंमा विसकन्सिन, १८ औंमा जर्जिया, १९ औंमा नर्थ क्यारालाइना, २० औंमा कनेक्टिकट, २१ औंमा डेलावर, २२ औंमा मेरिल्याण्ड, २३ औंमा न्युयोर्क, २४ औंमा मोन्टाना, २५ औंमा कन्सास परेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै २६ औंमा रोढ आइल्याण्ड, २७ औंमा टेनेसी, २८ औंमा मेन, २९ औंमा टेक्सास, ३० औंमा इन्डियाना परेका छन् । ३१ औंमा ओरेगन, ३२ औंमा एरिजोना, ३३ औंमा नेभाडा, ३४ औंमा हवाई, ३५ औंमा मिजौरी, ३६ औंमा ओहायो, ३७ औंमा क्यालिफोर्निया, ३८ औंमा इलिनोय, ३९ औंमा केन्टकी र ४० औंमा पेन्सिलभेनिया परेका छन् ।

सुचीमा सबैभन्दा खराब राज्यहरुमा पहिलो नम्बरमा परेको छ लुजियाना, खराब दोश्रोमा न्यु मेक्सिको, तेश्रोमा मिसिसिपी, चौथोमा अर्कान्सास, पाँचौंमा वेष्ट भर्जिनिया, छैठौंमा अलास्का, सातौंमा अलाबामा, आठौंमा ओक्लाहोमा, नवौंमा मिसिगन र दशौंमा साउथ क्यारोलाइना परेको छ । अपराध नियन्त्रणका हिराबले लुजियाना सबैभन्दा पछाडि रहेको छ भने न्यु मेक्सिको शिक्षामा सबैभन्दा पछाडि छ ।

मिसिसिपी स्वास्थ्यमा सबैभन्दा पछाडि छ भने वेष्ट भर्जिनिया भौतिक संरचनामा सबैभन्दा पछाडि छ । २७ नम्बरमा रहेको क्यालिफोर्निया अवशरका लागि सबैभन्दा पछाडि छ । ३० नम्बरमा रहेको इन्डियाना प्राकृतिक वातारणमा सबैभन्दा पछाडि छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com