२०२० को जनगणनाको प्रश्नमा नागरिकताबारे प्रश्न विवादमा, आप्रवासीहरु त्रसित


प्रकाशित मिति : चैत्र २१, २०७४ बुधबार

सन् २०२० को अप्रिल १ बाट सुरु हुने अमेरिकी जनगणनामा नागरिकताबारेको प्रश्न राख्न अमेरिकी सेन्सस ब्यूरोले संसदसमक्ष प्रस्ताव गरेपछिको विवाद चुलिएको छ । जनगणनामा नागरिकताबारे प्रश्न राखिएपछि आप्रवासीहरु त्रसित भएका छन् । जनगणनाको प्रश्नावलीमा उमेर, लिंग, उत्पत्ति, जाती, रिलेशनसिप लगायतका प्रश्नहरु राखिदै आएपनि सन् १९५१ यता नागरिकताबारेको प्रश्न राखिएको थिएन ।

जनगणना सुरु हुनुभन्दा २ बर्ष अगाडि प्रश्नावलीहरु संसदमा पठाउनुपर्ने नियम अनुशार सेन्सस ब्यूरोले नागरिकताबारेको प्रश्न समेत थपेर संसदमा पठाएको थियो । सन् २०२० को जनगणनाका प्रश्नको जवाफ १० मिनेटमा दिन सकिनेछ । पहिलोपटक अनलाइन, फोन र मेलमध्ये एउटा विकल्प छान्न सकिने व्यवस्था गरिएको छ । सन् २०१७ को डिसेम्बर १२ मा अमेरिकी सरकारको डिपार्टमेन्ट अफ जस्टिसले सेन्सस ब्यूरोलाई नागरिकताबारेको प्रश्न थप्न अनुरोध गरेको थियो ।

असंवैधानिक तरिकाले डिपार्टमेन्ट अफ कमर्सले जनगणनामा नागरिकताबारेको प्रश्न थपेको भन्दै १७ राज्यहरु, वासिंटन डिसी र ६ वटा सिटीहरुले सरकारबिरुद्ध कानुनी याचिका फाइल गरेका छन् । यस्तो प्रश्नले आप्रवासीहरुलाई निरुत्साहित पार्ने उनीहरुले विश्वास लिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com