न्युयोर्कमा होटेलको कोठामा प्रवेश गर्नेवित्तिकै के गर्ने?


प्रकाशित मिति : माघ १४, २०८० आईतबार

white bed linen with throw pillows

यदि तपाई न्युयोर्क सिटी घुम्न आउँदै हुनुहुन्छ वा आफै पनि कुनै कारणवश होटलमा बस्नुपर्ने छ भने केही सावधानीहरु अपनाउन सुझाव दिइएको छ । हामी होटलको कोठामा पुग्दा प्राय थाकेर पुग्ने भएकाले पुग्ने बित्तिकै सोफा वा विस्तारामा पल्टिएर टेलिभिजन अन गर्नुको साटो अरु नै सावधानी अपनाउन विज्ञहरुले सुझाव दिएका छन् ।

न्युयोर्क सिटीमा उडुसको संक्रमणको जोखिम उच्च रहेकाले होटलको कोठामा पुग्नेवित्तिकै गद्दा मुनि उडुस भए नभएको जाँच गर्न सुझाव दिइएको छ । म्याट्रेसको कुनामा उडुस भए नभएको जाँच गर्ने छिटो र सजिलो प्रक्रियाले तपाईंलाई पछि झन्झट हुनबाट बचाउन सक्छ।

न्युयोर्क सिटीका होटलमा ग्राहकहरु उडुसको टोकाईमा परेको घटना नयाँ होइन । त्यसैले उडुसले टोकेर तपाईको यात्रा र बसाईको आनन्द नै बिग्रनु अगाडि तपाईले उडुस भए नभएको जाँच गर्नु आवश्यक छ । होटल जतिसुकै महँगो र राम्रो भएपनि उडुस परेको हुनसक्ने भएकाले ग्राहक आफैले सावधानी अपनाउनुपर्छ ।

white bed comforter

उडुसहरु न्यानोपन, रगत र कार्बन डाइअक्साइड मन पराउँछन् भने सुतिरहेका मानिसहरूको रगत खाने काम उनीहरुका लागि उत्तम भोजन हो । न्युयोर्क सिटी स्थानीय सरकारले पनि होटलहरुका सन्दर्भमा समेत उडुसबाट बच्नका लागि विभिन्न मार्गदर्शनहरु प्रदान गरेको छ । उडुसहरु अन्य ग्राहकको लुगा र सुटकेसहरुमार्फत होटलको कोठामा सहजै जानसक्ने भएकाले कहिलेकाँही राम्रो होटलपनि उडुस सरेकोबारे अनविज्ञ हुनसक्छ ।

न्युयोर्क सिटी ओर्किन द्वारा जारी गरिएको उडुसबाट आक्रान्त नयाँ विश्वव्यापी सूचीमा दोस्रो स्थानमा छ । एकबर्षको अवधिमा न्युयोर्क सिटीका १० मध्ये आठ होटलमा उडुसको समस्या पत्ता लागेको थियो । त्यसैले होटलको कोठामा पुगेपछि तीस सेकेन्ड वा सोभन्दा बढी समय निकालेर उडुसहरु लुकेका हुनसक्ने स्थानमा जाँच गर्न सुझाव दिइएको हो । कोठामा तन्नाको कुनै कुवा, गद्दाको छेउ, हेडबोर्ड र कुर्सीहरु जाँच गर्दा तपाईंले केहि देख्नुभएन भने तपाईं सायद पूर्ण रूपमा ठीक हुनुहुन्छ।

उडुसबाट एकदमै शर्तक हुनेहरुले आफ्ना सुटकेस बाथरुपमा राख्न सक्नेछन् । धेरै होटेलका कोठाहरू कार्पेट गरिएका हुने भएकाले कार्पेटमा नराखी सुटकेसहरु बाथरुममा राख्दा संक्रमणको जोखिम कम हुने बताइएको छ । उडुसले टोकिसकेपछि होटलमा गुनासो गदौ समस्याको समाधान खासै ननिस्कन सक्छ, त्यसैले अगाडि नै थाहा भएको खण्डमा तपाईले राम्रो र नयाँ कोठा पाउन सक्नुहुन्छ । तर कोठा बदल्दा छेउछाउको कोठा नलिएर सकभर अर्को तल्लाको कोठा लिन सुझाव दिइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com