समर सक्रान्तिमा अमेरिकाको न्युयोर्कमा १५ घण्टा घाम लाग्ने, अलास्कामा विहान ३:५१ मा सूर्याेदय


प्रकाशित मिति : बैशाख २८, २०८१ शुक्रबार

silhouette photo of bridge

वर्षको सबैभन्दा लामो दिनमा न्युयोर्क सिटीले यसपटक १५ घण्टासम्म उज्यालो देख्ने भएको छ । समर संक्रान्ति अर्थात् समरको सुरुवातका रुपमा चिनिने यो दिनमा पृथ्वी यसको सबैभन्दा चरम कोणमा सूर्यतिर झुकेको हुन्छ। जसका कारण सूर्यको प्रकाश लामो समयसम्म पृथ्वीमा पर्छ ।

समर संक्रान्ति सामान्यतया जूनको अन्त्यतिर हुन्छ। यस वर्ष जुन २० समरको पहिलो दिन हुनेछ । सोही दिन अमेरिकाका शहरका बासिन्दाहरुले सबैभन्दा लामो दिन देख्नेछन्। यो दिन अमेरिकाका अधिकांश शहरमा १५ घण्टासम्म सूर्यको प्रकाश देखिने छ भने एउटा उत्तरी राजधानीले १८ घण्टा भन्दा बढी घाम पाउनेछ। अर्थात् अलास्कामा १८ घण्टा १७ मिनेटसम्म घाम लाग्नेछ ।

a car parked on a snow covered road

नर्थ डाकोटामा १५ घण्टा ५२ मिनेटसम्म, ओरेगनमा १५ घण्टा ४१ मिनेटसम्म, भर्मोन्ट र विसकन्सिनमा १५ घण्टा ३३ मिनेटसम्म, साउथ डाकोटमा १५ घण्टा २६ मिनेटसम्म घाम लाग्नेछ । त्यस्तै मिसिगनमा १५ घण्टा २० मिनेटसम्म, मासाचुसेट्समा १५ घण्टा १६ मिनेटसम्म, रोड आइल्याण्ड, कनेक्टिकट र इलिनोयमा १५ घण्टा १३ मिनेटसम्म, आयोवामा १५ घण्टा ११ मिनेटसम्म घाम लाग्नेछ ।

न्युयोर्कमा १५ घण्टा ६ मिनेटसम्म घाम लाग्नेछ भने पेन्सिलभेनियामा १५ घण्टा २ मिनेटसम्म घाम लाग्नेछ । त्यस्तै ओहायोमा १५ घण्टा १ मिनेट, कोलोराडो र इन्डियानामामा १४ घण्टा ५९ मिनेट, कन्सासमा १४ घण्टा ५५ मिनेट, वासिंटन डिसीमा १४ घण्टा ५४ मिनेटसम्म घाम लाग्नेछ ।

उत्तरबाट देखिने पृथ्वीको मौसमहरूको रेखाचित्र। टाढा बायाँ: उत्तरी गोलार्धको लागि समर संक्रांति। अगाडि दायाँ: दक्षिणी गोलार्धको लागि समर संक्रांति।

रोचक त के छ भने अलास्कामा विहान ३ बजेर ५१ मिनेटमा सूर्योदय हुनेछ भने १० बजेर ८ मिनेटमा सूर्यास्त हुनेछ । न्युयोर्कमा विहान ५ बजेर २५ मिनेटमा सूर्योदय हुनेछ भने ८ बजेर ३१ मिनेटमा सूर्यास्त हुनेछ । भर्मोन्टमा विहान ५ बजेर ८ मिनेटमा र विसकन्सिनमा विहान ५ बजेर ७ मिनेटमा सूर्यादय हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com