के हो बाइडेन प्रशासनले आज सार्वजनिक गरेको एसाइलमबारेको प्रस्तावित नियम?


प्रकाशित मिति : बैशाख २७, २०८१ बिहीबार

बाइडेन प्रशासनले बिहीबार एसाइलमबारे प्रस्तावित नयाँ नियम सार्वजनिक गरेको छ । सोमबार फेडरल रजिष्ट्ररमा प्रकाशित हुने तय भएको यो प्रस्तावित नियमको उद्देश्य केही आप्रवासीहरूका लागि एसाइलम दावी प्रक्रियालाई गति दिनु रहेको छ । सीमा संकटको विषय अहिले मुख्य मुद्दा बनिरहेको सन्दर्भमा बाइडेन प्रशासनले एसाइलमबारे कडा नियम प्रस्ताव गरेको हो ।

यसले आपराधिक रेकर्ड भएका आप्रवासीहरूलाई वा अन्य तरिकाले शरणको लागि अयोग्य मानिनेहरूलाई तीब्र गतिको देशनिकालाको प्रकृयामा राख्नेछ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले बिहीबार घोषणा गरेको नियमले राष्ट्रिय सुरक्षा जोखिमहरू निम्त्याउनेहरुलाई निशाना बनाउने छ ।

एसाइलमका लागि अनुरोध गर्ने पहिलो चरण क्रेडिबल फियर अन्तर्वार्ता हो, जहाँ एक आप्रवासीले स्वदेश फिर्ता भएमा ज्यानको जोखिम भएको डरको घोषणा गर्नुपर्छ । नयाँ नियमले अधिकारीहरूलाई उक्त व्यक्ति राष्ट्रिय सुरक्षा खतरा भए नभएको निर्धारण गर्न राष्ट्रिय सुरक्षा र आपराधिक न्यायको डाटामा उनीहरुको विवरण क्रस चेक गर्न अनुमति दिनेछ ।

 

यदि खतरा देखिएमा उनीहरूलाई समीक्षा प्रक्रियाको प्रारम्भिक चरणमा नै देश निकाला गर्न सकिनेछ । यो प्रस्ताव औपचारिक रुपमा सार्वजनिक टिप्पणी अवधिमा जानेछ । सार्वजनिक टिप्पणीका लागि ३० दिनको समय तय गरिनेछ । यसलाई अन्तिम रूप दिन केही समय लाग्नेछ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

हालको कानून अन्तर्गत सीमामा आइपुगेको आप्रवासीको क्रेडिबल फियर अन्तरवार्ताबाट प्रारम्भिक स्क्रीनिंग गरिन्छ । उनीहरूसँग आपराधिक पृष्ठभूमि भए पनि वा उनीहरुबाट सुरक्षा जोखि भएपनि प्रक्रिया जारी राख्न अनुमति दिइन्छ। अध्यागमन अदालतका न्यायाधीशले पछि त्यो आप्रवासी शरणको लागि योग्य भए नभएको निर्धारण गर्नेछन्।

नयाँ परिवर्तनले प्रारम्भिक स्क्रिनिङ चरणमा न्यायाधीशको निर्णय नपर्खी एक अधिकारीले नै देशनिकालाको प्रकृयामा लैजान सक्नेछन् । नयाँ प्रस्तावले आप्रवासीहरूको तुलनात्मक रूपमा सानो समुहलाई असर गर्ने जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com