अमेरिकामा झण्डै २ सतादेखि सम्पर्कविहीन नेपाली युवा अमन सकुशल फेला


प्रकाशित मिति : बैशाख २७, २०८१ बिहीबार

झण्डै २ सातादेखि बेपत्ता न्युयोर्कमा बस्दै आएका २२ बर्षीय युवा अमन खान सकुशल भेटिएका छन् । उनी न्युजर्सीमा फेला परेको प्रहरीले उनी निकटका व्यक्तिलाई जानकारी दिएको थियो ।

उनले आफू मेरिल्याण्डमा आइसकेपछि लुटिएको र लुटेराहरुले मोबाइल, झोला लगायतका सबै सामानहरु लुटेकाले कसैलाई सम्पर्क गर्न नपाएको बताएको मेरिल्याण्डबाट धन थापाले जानकारी दिए ।

कसैको पनि नम्बर याद नभएकाले कसैलाई सम्पर्क गर्न नसकेको र पछि प्रहरीको सम्पर्कमा पुगेपछि एलियन नम्बर बताउँदा प्रहरीको त्यसको माध्यमबाट स्पोन्सरको सम्पर्क नम्बर फेला पारेपछि सम्पर्क हुन सकेको उनले जानकारी दिए ।

आफू लुटिएपछि सार्वजनिक बसहरु चढ्दै र हिड्दै उनी न्युजर्सीको इष्ट विन्डसर पुगेको बताएका थिए । पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ५ वडगाउँ शिवालयका २२ बर्षिय खान अप्रिल २७ शनिबारविहानदेखि सम्पर्कविहिन भएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

झण्डै डेढ बर्ष अगाडि अमेरिका आएका अमन खान न्युयोर्कमा बस्दै आएका थिए । उनी बाल्टिमोरको रेष्टुरेण्टमा काम पाइएको भन्दै न्युयोर्कबाट अप्रिल २६ शुक्रबार राती बाल्टिमोरतिर हिडेका थिए । बुबालाई आफू विहान डिसी पुगेको बताएपछि उनी सम्पर्कविहीन भएका थिए ।

छोरा सम्पर्कविहीन भएपछि पर्वतको कुश्मामा रहेका अमनका बुवा अश्लम चिन्तित हुँदै खोजीका लागि सघाउन अमेरिकामा रहेको नेपाली समुदायलाई आग्रह गरेका थिए । त्यसपछि उनको मेरिल्याण्ड, वासिंटन डिसी लगायतका क्षेत्रमा खोजी गरिएको थियो ।

पछिल्लो २ महिना देखि अमन बिरामी रहेका थिए । २ छोरा र एक छोरी मध्ये जेठो छोरा अमन १६ महिना अघि टेक्सास हुदै अमेरिका प्रवेश गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com