अमेरिका - KHASOKHAS

अमेरिका

दुबै सदनबाट पारित संकटकालबिरुद्धको प्रस्ताव भिटो प्रयोग गरी ट्रम्पबाट अस्वीकार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै सदनबाट पारित संकटकालबिरुद्धको प्रस्ताव भिटो प्रयोग गरी अस्वीकार गरेका छन् । ट्रम्पले दुबै सदनबाट पारित उक्त प्रस्तावबिरुद्ध भिटो प्रयोग गर्ने पूर्वघोषणा अनुसार नै पहिलोपटक यो अधिकारको प्रयोग गरेका हुन् । बिहिबार एकदर्जन रिपब्लिकन सिनेटरहरुले संकटकालबिरुद्धको प्रस्तावको समर्थनमा मतदान गरेपछि संकटकालबिरुद्धको प्रस्ताव पारित भएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले मेक्सिको सिमानामा …

दुबै सदनबाट पारित संकटकालबिरुद्धको प्रस्ताव अस्वीकार गर्न ट्रम्पले भिटो प्रयोग गर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले घोषणा गरेको संकटकालबिरुद्धको प्रस्तावबिरुद्ध भिटो प्रयोग गर्ने घोषणा गरेका छन् । ट्रम्पले दुबै सदनबाट पारित उक्त प्रस्तावबिरुद्ध भिटो प्रयोग गर्ने घोषणा गरेका हुन् । एकदर्जन रिपब्लिकन सिनेटरहरुले संकटकालबिरुद्धको प्रस्तावको समर्थनमा मतदान गरेपछि संकटकालबिरुद्धको प्रस्ताव पारित भएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले मेक्सिको सिमानामा पर्खाल निर्माणका लागि मुलुकमा राष्ट्रिय संकटकालको घोषणा …

१५ जनाले घोषणा गरे अमेरिकी राष्ट्रपतिमा उम्मेदवारी, ६ महिला, ट्रम्पलाई पछार्लान् ?

अहिलेसम्म १५ जनाले सन् २०२० मा हुने अमेरिकी राष्ट्रपतिको चुनावका लागि उम्मेदवारी घोषणा गरेका छन् । उनीहरुमध्ये अधिकांशले डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवारी घोषणा गरेका हुन् । ६९ बर्षीया एलिजाबेथ वारेनले औपचारिक रुपमा चुनावी अभियान सुरु गरिसकेकी छिन् भने ५४ बर्षीया कमला ह्यारिस अर्की सशक्त उम्मेदवार हुन् । ७७ बर्षीय बर्नी स्याण्डर्स पनि लोकप्रिय उम्मेदवारका रुपमा …

नेपालबारे ३५ पेजको अमेरिकी रिपोर्ट, निर्मला पन्त काण्डबारे प्राथमिकता

अमेरिकी विदेशमन्त्रालयले आज नेपालबारे ३५ पृष्ठ लामो मानवअधिकार सम्बन्धि रिपोर्ट सार्वजनिक गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पम्पिओले विश्वब्यापी मानवअधिकारबारेको उक्त रिपोर्ट सार्वजनिक गरेका हुन् । जसमा नेपालबारे ३५ पृष्ठ लामो विवरण प्रस्तुत गरिएको छ । रिपोर्टमा नेपालमा भएका गैरन्यायिक हत्या, यातना, अमानवीय कार्य, आपराधिक मानहानी, भष्ट्राचार, मानव तस्करी, बालविवाह, बलात्कार, बालश्रम लगायतका विषयहरु समेटिएको …

न्युयोर्कमा ७७ मिलियन डलर बराबरको कोकिन बरामद

न्युयोर्कमा सरकारी अधिकारीहरुले ७७ मिलियन डलर बराबरको लागुऔषध कोकिन बरामद गरेका छन् । अधिकारीहरुले ३२ सय पाउण्ड कोकिन बरामद गरेको र यो २५ बर्ष यताकै ठूलो बरामद भएको जनाएका छन् । न्युजर्सी र न्युयोर्कको नाकामा बरामद गरिएको उक्त कोकिन ६० वटा प्याकेटमा राखिएको थियो । लोड गरेर ल्याइएका कोकिनका कन्टेनर एलिजाबेथमा बरामद गरिएको हो । …

ट्रम्पका ‘राजनीतिक गुरु’ लाई ४८ महिनाको जेल

अमेरिकाको भर्जिनियास्थित अदालतले  राष्ट्रपति डोनल्ड ट्रम्पका भूतपूर्व सहयोगीलाई ब्याङ्क ठगी र कर हिनामिनाको अभियोगमा ४७ महिनाको जेल सजाय सुनाएको छ। गत वर्ष अदालतले पल म्यानफोर्टले युक्रेनमा राजनीतिक परामर्शबाट कमाएको दशौँ लाख डलर लुकाएको ठहर गरेको थियो। म्यानफोर्ट सन् २०१६ मा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको निर्वाचन अभियानको संयोजक थिए। अदालतले गैरकानुनी रूपमा गुटबन्दी गरेको अभियोगमा उनलाई …

६ महिनामा मृत्यु हुने भनिएका बिरामीको अन्तिम इच्छा पूरा गर्न ट्रम्पले गरे फोन

अमेरिकामा चिकित्सकले केही महिनामा नै मर्ने घोषणा गरेका एकजना व्यक्तिको अन्तिम इच्छा पूरा गराउन राष्ट्रपति डोनाल्ड ट्रम्पले फोनकल गरेका छन् । कनेक्टिकटका एकजना बिरामीले ट्रम्पबाट आश्चर्यजनक फोनकल पाएका हुन् । अस्पतालमा उपचार सम्भव नभएपछि घरमा लगिएका जे बारेटलाई राष्ट्रपति ट्रम्पले फोन गर्दै भने तपाई पनि मजस्तै हुनुहुन्छ । तपाईले पनि निरन्तर लडिरहनुभयो । म पनि …

न्युयोर्कमा २२ अस्पतालका ६ हजार बिरामीलाई अकस्मात सारियो ३३ अस्पतालमा

बुधबार न्युयोर्कमा रहेका २२ वटा अस्पताल र ३ वटा नर्सिङहोमका झण्डै ६ हजार बिरामीहरुलाई अन्य ३३ अस्पताल र ७ नर्सिङहोममा अकस्मात सारिएको छ । न्युयोर्क सिटीमा कुनै संकट आइलागेमा कसरी बिरामीहरुलाई सुरक्षित स्थानमा रहेका अस्पतालहरुमा स्थानान्तरण गर्ने भन्ने अभ्यास स्वरुप लागि यसो गरिएको हो । न्युयोर्क सिटीको हेल्थ डिपार्टमेन्टले असुरक्षित र सुरक्षित क्षेत्र विभाजन गरेर …

अमेरिकी राष्ट्रपतिको चुनावमा ब्लुमबर्ग नउठ्ने

न्युयोर्कका पूर्व मेयर माइकल ब्लुमबर्ग सन् २०२० को अमेरिकी राष्ट्रपतिको चुनावमा उम्मेदवार नहुने भएका छन् । मंगलबार ब्लुमबर्गले आफू राष्ट्रपति चुनावको उम्मेदवार नहुने घोषणा गरेका हुन् । विश्वका धनी व्यक्तिहरुमध्येका एक ब्लुमबर्गले अमेरिकी राष्ट्रपतिको आगामी चुनावमा उम्मेदवारी दिने चर्चा चलेको थियो । तर ब्लुमबर्गले भने आफूले अन्तिम चुनावमा डोनाल्ड ट्रम्पलाई पराजित गर्नेमा विश्वस्त रहेपनि भीडभाडयुक्त …

न्युयोर्कमा नीजि भाषण गर्दै बर्नी स्याण्डर्सले सुरु गरे राष्ट्रपतिका लागि चुनावी अभियान

संयुक्त राज्य अमेरिकाका वरिष्ठ सिनेटर बर्नी स्यान्डर्सले सन् २०२०मा हुने राष्ट्रपतीय चुनावमा डेमोक्र्याटिक पार्टीको तर्फबाट उम्मेदवार बन्नका लागि चुनावी अभियान थालेका छन्। उनले व्यवसायीहरूको लोभ लालचको आलोचना गर्दै राजनीतिक क्रान्ति सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले डोनल्ड ट्रम्प अमेरिकाको “आधुनिक इतिहासकै सबैभन्दा खतरनाक राष्ट्रपति” भएको टिप्पणी गरे। ब्रुकलिन, न्यूयोर्कमा समर्थकहरू सामु बोल्दै स्यान्डर्सले चुनावमार्फत …

WP Facebook Auto Publish Powered By : XYZScripts.com