ट्रम्प विरुद्धको मुद्दा चलिरहेको न्युयोर्कको अदालत नजिकै एक व्यक्तिले आफैमाथि लगाए आगो
प्रकाशित मिति : बैशाख ७, २०८१ शुक्रबार
New York police guard the Manhattan Criminal Court in New York City where former US President Donald Trump is attending his trial for allegedly covering up hush money payments linked to extramarital affairs, on April 19, 2024. A panel of 12 jurors was sworn in on April 18, 2024, for the unprecedented criminal trial of a former US president. (Photo by ANGELA WEISS / AFP)
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको मुद्दा चलिरहेको न्युयोर्कको अदालत नजिकै एकैव्यक्तिले आफैमाथि आगो लगाएका छन् । डोनाल्ड ट्रम्पविरुद्धको आपराधिक मुद्दाको लागि जुरीहरु छानिने क्रममा लोअर म्यानहट्टनको अदालत नजिकै शुक्रबार दिउँसो एक युवकले आफूलाई आगो लगाएका हुन् ।
ती व्यक्तिले दिउँसो १ बजेर ३५ मिनेटमा अदालतको पारीपट्टी रहेको कलेक्ट पोन्ड पार्कमा आफैंलाई आगो लगाएपछि प्रत्यक्षदर्शीहरु चिच्याएर दौडेका थिए । तत्कालै ती व्यक्तिमाथि आगोको लप्का बढेको थियो । उनले के कारणले आफैमाथि आगो लगाए भन्नेबारे स्पष्ट छैन।
मानिसहरुले आगो निभाउने कोसिस गर्न पुगेपनि तातोपन सयौं मिटर टाढासम्म महसुस गरिएको थियो । केही मिनेटपछि दर्जनौं प्रहरी अधिकारीहरू पुगेर आगो निभाउने प्रयास गरेका छन् । ती मानिस जीवित देखिएका थिए भने उनलाई एम्बुलेन्समा हालेर हतार हतार अस्पताल लगिएको थियो ।
ती व्यक्तिले आफैंलाई आगो लगाउनु अघि पर्चा हावामा फालेका थिए । आगो लगाएपछि जीन्स र गाढा खैरो टिसर्ट लगाएका ती व्यक्ति भुइँमा लडेका थिए। उनी ट्रम्पका समर्थकहरूको लागि घेराबन्दी गरिएको पार्कको एउटा क्षेत्रमा थिए ।
केही पर्चाहरूमा पूर्व राष्ट्रपति जर्ज डब्ल्यु बुश, पूर्व उपराष्ट्रपति एल गोर र सन् २००० को राष्ट्रपति चुनावको पुन गणनामा गोरको प्रतिनिधित्व गर्ने वकिल डेभिड बोइजको सन्दर्भ उल्लेख गरिएको थियो ।
ती व्यक्ति उभिएर प्रज्वलनशील पदार्थमा आफैमा खन्याएका थिए । त्यसपछि छातीको तहमा आगोको ज्वालाले समातेको थियो । उनी नजिकका केही मानिसहरू भागेका थिए भने अरूले उनले के गर्न लागेको भन्दै चिच्याएका थिए ।
अन्य व्यक्ति चिच्याएपछि आगो लगाउने व्यक्ति भने चिच्याएको सुनिएको थिएन । आगोको ज्वालाले उनलाई लपेटेपछि उनी बिस्तारै ढलेका थिए ।






