अमेरिकी राष्ट्रपति बाइडेनको ट्याक्स फाइल सार्वजनिक, कति कमाए २०२३ मा ?


प्रकाशित मिति : बैशाख ५, २०८१ बुधबार

अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले आफ्नो ट्याक्स फाइलको कागजात सार्वजनिक गरेका छन् । ट्याक्स फाइल गर्ने अन्तिम मितिमा जारी गरेको संयुक्त ट्याक्स रिटर्न अनुसार बाइडेन दम्पत्तिले सन् २०२३ मा ६ लाख १९ हजार ९ सय ७६ डलर कमाएका छन् भने संघीय करबापत १ लाख ४६ हजार ६ सय २९ डलर तिरेका छन् । दम्पत्तिले २३ दशमलव ७ प्रतिशत संघीय कर दर भुक्तान गरेका छन् ।

बाइडेनले आफ्नो जीवनमा संघीय ट्याक्स रिटर्न सार्वजनिक गरेको यो २६ औं वर्ष हो। पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले भने ट्याक्स फाइलका कागजातहरू सार्वजनिक गर्न अस्वीकार गरेका छन् । राष्ट्रपतिहरूको संघीय ट्याक्स फाइलका कागजात सार्वजनिक गर्ने परम्परा समेत उनले तोडेका थिए ।

अमेरिकी जनतासँग पारदर्शी हुने आफ्नो प्रतिबद्धतालाई फेरि एक पटक देखाउँदै राष्ट्रपति बाइडेनले ट्याक्स फाइलका कागजात सार्वजनिक गरेको ह्वाइट हाउसले एक विज्ञप्तिमा बताएको छ । बाइडेन दम्पत्तिको आम्दानी सन् २०२२ को तुलनामा बढेको छ । उक्त बर्ष उनीहरुको आम्दानी ५ लाख ७९ हजार ५१४ डलर रहेको थियो ।

राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस (आधिकारिक व्हाइट हाउस फोटो:  एडम शुल्त्स)

सन् २०२३ मा बाइडेनले राष्ट्रपतिको तलबका रुपमा ४ लाख डलर कमाएका छन् । जिल बाइडेनले नर्दन भर्जिनिया कम्युनिटी कलेजमा पढाएबापत ८५ हजार ९ सय ८५ डलर कमाएकी छिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाइडेन दम्पत्तिले कर योग्य ब्याज, पेन्सन, सोसल सेक्युरिटीलाभ लगायतबाट १ लाख २९ हजार ८ सय ७६ डलर कमाएका छन् । जिल बाइडेनले अघिल्लो पुस्तक प्रकाशनहरूबाट रोयल्टीमा ४ हजार १ सय १५ डलर कमाएकी छिन् ।

बाइडेन दम्पत्तिले स्वर्गीय छोराको नाममा नाममा रहेको ब्यु बिडेन फाउन्डेशनलाई ५ हजार डलरसहित १७ वटा परोपकारी संस्थालाई २० हजार ४ सय ७७ डलर डोनेशन गरेका छन् । बाइडेन दम्पत्तिले डेलावेयर राज्यमा आयकर स्वरुप ३० हजार ९ सय ८ डलर तिरेका छन् । जिल बिडेनले भर्जिनियामा पनि ३ हजार ५ सय ४९ डलर कर तिरेकी छिन् ।

यसैबीच उपराष्ट्रपति कमला ह्यारिस र पति डग एमहोफले २०२३ मा संघीय आयकरमा ८८ हजार ५ सय ७० डलर तिरेको रिपोर्ट गरेका छन् । यो दम्पत्तिले सन् २०२३ मा ४ लाख ५० हजार २ सय ९९ डलर कमाएका थिए । उनीहरुले संघीय कर १९ दशमलव ७ प्रतिशतका दरले तिरेका छन् । उनीहरुले २३ हजार २६ डलर डोनेशन समेत गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com