न्युयोर्क सिटीमा अमेरिकाको झण्डा जलाउनेहरु को हुन् ?


प्रकाशित मिति : बैशाख ६, २०८१ बिहीबार

Police arrest a protester during a Pro-Palestinian demonstration calling for an economic blockade and demanding a cease-fire on the Israel Palestinian conflict outside The New York Stock Exchange on Monday, April 15, 2024, in New York. (AP Photo/Andres Kudacki)

सोमबार न्युयोर्कमा प्रदर्शनकारीहरुले अमेरिकाको झण्डा जलाएको दृश्य भाइरल भयो । अमेरिकाभित्रै अमेरिकाको झण्डा जलाउनेहरु को हुन् ? यसबारे धेरैको जिज्ञासा हुनसक्छ । उनीहरुले अमेरिकाको झण्डामात्र जलाएनन्, कैयन देशहरुले आतंककारीको सूचीमा राखेको शैन्य समुह हिजबुल्लाहको ब्यानर समेत फहराए । हिजबुल्लाह त्यही लेबनानी लडाकु समूह हो, जसले बुधबार उत्तरी इजरायलमा ड्रोन र मिसाइल आक्रमण गर्दा १४ इजरायली सेना घाइते भएका छन् ।

प्यालेस्टिनी समर्थक प्रदर्शनकारीहरूले  विरोध प्रदर्शनको क्रममा नारा लगाउदै न्यूयोर्कमा। (एपी फोटो/युकी इवामुरा)

न्युयोर्कमा म्यानहट्टनमा इजरायल विरोधी तथा प्यालेष्टाइन समर्थक प्रदर्शनकारीहरूले हिजबुल्लाहको पहेंलो र हरियो ब्यानर फहराएका थिए । इरान समर्थित उक्त सैन्य संगठन लागि आफ्नो प्रेम भएको घोषणा गर्दै अमेरिकाको मृत्युको कामा गरे भने अमेरिकी झण्डा जलाए । मास्क लगाएका कार्यकर्ताले गर्वका साथ हिज्बुल्लाहको झण्डा फहराएका थिए । उनीहरुले इजरायलविरोधी नारा समेत लगाएका थिए ।

प्यालेस्टाइन समर्थक प्रदर्शनकारीहरू न्युयोर्कमा। (एपी फोटो/युकी इवामुरा)

अमेरिकी झण्डा जलाउने लगायत झण्डाको कैयन प्रकारको दुरुपयोग अमेरिकामा दण्डनीय छैन । अमेरिकी सर्वोच्च अदालतले सन् १९८९ मा टेक्सास भर्सेस जोनसनको मुद्दामा यसबारे निर्णय गर्दै झण्डा जलाउनु गैरकानूनी नभएको र यसलाई संविधानको पहिलो संशोधनद्वारा संरक्षित वाक स्वतन्त्रताको रूपमा मान्नुपर्ने उल्लेख गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर न्युयोर्क सिटीमा खुलेआम देखाइएको हिज्बुल्लाह झण्डाको तस्बिरले सामाजिक सञ्जालमा बहस निम्त्याएको छ । पहिले मिशिगन र इलिनोयमा अमेरिकाको मृत्युुको नारा लगाइएको तथा अहिले न्युयोर्कमा आतंकवादी समूह हिजबुल्लाहको झण्डा फहराइएको उल्लेख गर्दै रिपब्लिक सांसद निकोल मल्लियोटाकिस यो जो बाइडनेको अमेरिका भएको बताए । कोलम्बिया बिजनेस स्कूलका सहायक प्रोफेसर शाई डेविडाईले न्युयोर्क भएको घटनालाई घरेलु आतंकवाद भनेर निन्दा गरे।

प्यालेस्टिनी समर्थक प्रदर्शनकारीहरू  विरोध प्रदर्शनको क्रममा।  (एपी फोटो/युकी इवामुरा)

प्रदर्शनको क्रममा पदर्शनकारीले अमेरिकी झण्डामा आगो लगाउँदा प्रहरीले यनलाई बाहिर निकालेको थियो । भीडले पछि ब्रुकलिन ब्रिजमा म्यानहट्टन जाने ट्राफिक रोकेको थियो भने पैदल दूरी पार गर्दै बार्कले सेन्टर, बरो हल र सिटी प्वाइन्ट मल तिर अगाडि बढेको थियो । बरो हल बाहिर र्‍याली गर्दा प्रदर्शनकारीहरूले अर्को अमेरिकी झण्डा जलाएका थिए । प्रहरीले दिनभरमा ४८ जनालाई नियन्त्रणमा लिएको थियो ।

प्यालेस्टाइन समर्थक प्रदर्शनकारीहरू न्युयोर्कमा। (एपी फोटो/युकी इवामुरा)

१९ देखि २९ वर्ष उमेर समूहका चारजनालाई आक्रमण, पक्राउको प्रतिरोध, सरकारी प्रशासनमा अवरोध गरेको र अव्यवस्थित आचरणलगायत अभियोगमा पक्राउ गरिएको थियो । बाँकीलाई फौजदारी अदालतको तारिख दिएर छोडेको प्रहरीले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com