न्युयोर्क सिटीमा मुसाको पिसाबबाट मानिसमा संक्रमण बढ्दै, अहिलेसम्म ६ जनाको मृत्यु


प्रकाशित मिति : बैशाख ५, २०८१ बुधबार

a rat sitting on a piece of wood

न्युयोर्क सिटीमा मुसाको पिसाबबाट मानिसमा लेप्टोस्पाइरोसिस नामको संक्रमणका धेरै मामिलाहरु रिपोर्ट गरिएपछि न्युयोर्क सिटीको हेल्थ एण्ड मेन्टल हाइजिन डिपार्टमेन्टले स्वास्थ्य सल्लाह जारी गरेको छ। विभागका अनुसार २०२३ मा न्युयोर्क सिटीमा लेप्टोस्पाइरोसिसका २४ वटा केसहरू रिपोर्ट गरिएको थियो, जुन अघिल्लो वर्षको तुलनामा धेरै हो।

यो वर्षको पहिलो त्रैमासमा मात्र अहिलेसम्म ६ वटा त्यस्ता संक्रमणहरु भइसकेका छन् । सन् २०२१ देखि २०२३ सम्म त्यस्ता सक्रमणहरु प्रतिबर्ष औषतमा १५ थिए भने सन् २००१ देखि २०२० सम्म प्रतिबर्ष औषतमा ३ मात्रै थिए । तर यो बर्ष अप्रिल १० सम्ममा नै ६ वटा संक्रमणहरु रिपोर्ट गरिएको छ ।

२००१ देखि २०२३ सम्म रिपोर्ट गरिएका ९८ संक्रमणहरु मध्ये संक्रमितको औषत उमेर ५० बर्ष थियो भने २० देखि ८० बर्षसम्ममा व्यक्ति संक्रमित भएका थिए । संक्रमितमध्ये ९४ प्रतिशत पुरुष थिए । संक्रमितहरुमध्ये ब्रोक्समा ३७, ब्रुकलिनमा १९, म्यानहट्टनमा २८, क्वीन्समा १० र स्टेटन आइल्याण्डमा ४ जना थिए ।

गम्भीर लेप्टोस्पाइरोसिसबाट पीडितहरूको मृगौला र कलेजोले काम गर्न छाड्ने कहिलेकाहीं गम्भीर धमनी समस्याहरू हुने जनाइएको छ । संक्रमणबाट लक्षणहरूमा ज्वरो आउने, टाउको दुख्ने, चिसो लाग्ने, मांसपेशी दुख्ने, वान्ता हुने, पखाला, खोकी, जन्डिसरू लगायत हुनसक्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इन्क्युबेशन अवधि सामान्यतया ५ देखि १४ दिनको हुन्छ तर यो २ देखि ३० दिन सम्म रहन सम्भव छ। लेप्टोस्पाइरोसिसको उपचार गरिएन भने मृगौला फेल हुने, मेनिन्जाइटिस, कलेजोमा क्षति हुने र श्वासप्रश्वासमा समस्या आउन सक्छ।

न्युयोर्क सिटीमा सन् २००१ देखि २०२३ सम्म लेप्टोस्पाइरोसिसका कारण कुल ६ जनाको मृत्यु भएको थियो । सामान्यतया मुसाको पिसाब वा पिसाबबाट दुषित माटो र पानी सहित मुसाको पिसाबले दूषित सामग्रीहरुबाट संक्रमण हुने गरेको पाइएको छ । फोहोरको झोला वा खानाको फोहोर भएको डिब्बाहरू ह्यान्डल गर्ने व्यक्तिहरु बढी संक्रमणको जोखिममा हुन्छन् ।

यद्यपी लेप्टोस्पाइराका ब्याक्टेरिया नाजुक हुने तथा सुख्खा गर्मी वा चिसो तापक्रममा केही मिनेटमै मर्नसक्ने जनाइएको छ । न्युयोर्क सिटीको चिसोले ब्याक्टेरिया वातावरणमा बाँच्न सक्ने समयलाई सीमित गर्न सक्छ । यद्यपि अत्यधिक वर्षा र अतार्किक तातो तापक्रम, जलवायु परिवर्तनसँग सम्बन्धित कारकहरूले ब्याक्टेरिया लामोसमय बाँच्न सक्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com