अमेरिकामा भविश्यमा काम गर्न चाहने र ग्रिनकार्ड लिन चाहने विद्यार्थीलाई खुशीको खबर


प्रकाशित मिति : श्रावण ११, २०८१ शुक्रबार

अमेरिकामा भविश्यमा स्टीम ओपीटीमा काम गर्न चाहने र ग्रिनकार्ड लिन चाहने एफवान भिसावाहक विद्यार्थीलाई खुशीको खबर छ । किनभने अमेरिकी सरकारले स्टीम डिग्री कार्यक्रमको सुची अपडेट गर्दै एउटा नयाँ डिग्री कार्यक्रमलाई समेत स्टीम डिग्रीमा थपेको छ ।

विज्ञान, प्रविधि, ईन्जिनियरिङ् र गणित विषयका डिग्रीलाई स्टीम डिग्री भनिन्छ । जसमा अमेरिकी सरकारले अब पर्यावरण / प्राकृतिक संसाधन अर्थशास्त्र अर्थात् इन्भायरोमेन्टल/नेचुरल रिसोर्स इकोनोमिक्सलाई पनि विज्ञान, प्रविधि, ईन्जिनियरिङ र गणितको श्रेणीमा थपेको छ । अब यो विषयमा डिग्री लिनेहरुले अन्य विज्ञान, प्रविधि, ईन्जिनियरिङ् र गणित विषयमा डिग्री लिनेसरह सुविधा पाउनेछन् ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अपडेट गरिएको सुची प्रकाशित गरे लगत्तै इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले पनि स्टीम डिग्रीको कार्यक्रमको सूची अद्यावधिक गर्दै सुचना प्रकाशित गरिसकेको छ । अमेरिकामा अन्य विद्यार्थीहरुको तुलनामा विज्ञान, प्रविधि, ईन्जिनियरिङ र गणित विषयमा डिग्री लिने विद्यार्थीहरुलाई थप सुविधा रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सम्पूर्ण स्टीम डिग्रीको सुची हेर्न यहाँ क्लीक गर्नुहोला ।

यी विषयमा अध्ययन गर्ने विद्यार्थीहरुले पढाई सकेपछि लामो समयका लागि वर्क परमिट प्राप्त गर्न सक्छन् । यी विषयमा अध्ययन गरेका विद्यार्थीहरू प्रारम्भिक १२ महिनाको ओपीटी पछि २४ महिनाको स्टीम ओपीटी विस्तारको लागि योग्य हुन्छन् । अर्थात कुल ३६ महिनासम्मको वर्क परमिट प्राप्त गर्न सक्छन् ।

यो विस्तारित अवधिले विद्यार्थीलाई आफ्नो क्षेत्रमा पर्याप्त अनुभव प्राप्त गर्नका लागि समय मिल्छ भने रोजगार क्षमता पनि बढाउँछ। जसले गर्दा भविश्यमा अन्य कार्यक्रमहरुमार्फत ग्रिनकार्ड प्राप्त गर्न समेत सहज हुन्छ । ओपीटी मार्फत कामको अनुभव प्राप्त गर्नाले दीर्घकालीन रोजगारीको लागि कामदार भिसा एचवान बी प्राप्त गर्ने मौकाहरू पनि बढाउन सक्छ।

अमेरिकामा विज्ञान, प्रविधि, ईन्जिनियरिङ र गणित विषयमा डिग्री लिनेहरूको लागि ठूलो माग रहेको छ । यी क्षेत्रमा डिग्री हुनेहरुलाई सामान्यतया अन्य क्षेत्रहरूको तुलनामा उच्च तलब प्रदान गरिन्छ । यस क्षेत्रका केही जागिरहरुमार्फत रोजगारमा आधारित ग्रिनकार्ड प्राप्त गर्न बाटो खुल्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com