बार्षिक ७५ हजार डलरभन्दा कम कमाउनेले पनि घर किन्न सक्ने १४ अमेरिकी राज्यहरू


प्रकाशित मिति : बैशाख ४, २०८१ मंगलबार

white and brown wooden house near green trees during daytime

नयाँ बैंकरेट विश्लेषण अनुशार ७५ हजार डलरभन्दा कम कमाउनेले पनि औषत मूल्यको घर किन्न सक्ने १४ अमेरिकी राज्यहरूमात्र रहेका छन् । यी राज्यहरुको संख्या ४ बर्ष अगाडि ३६ रहेकोमा अहिले उल्लेख्य रुपमा घटेको हो । यसबाट घरको बढ्दो मूल्यले घरको स्वामित्व सबैभन्दा धनी अमेरिकीहरूलेमात्र लिनसक्ने चित्रण भएको छ ।

अमेरिकामा झण्डै आधा घरपरिवारहरूको बार्षिक औषत आम्दानी ७४ हजार ५ सय ८० डलर वा सोभन्दा पनि कम रहेको छ । यही कुरालाई ध्यानमा राख्दै यी १४ राज्यहरूमा मध्यम आय भएकाहरूले पनि औषत घर किन्न सक्छन्।

100 US dollar banknotes

प्रत्येक अमेरिकी राज्यमा घरको स्वामित्व लागत गणना गर्न २० प्रतिशत डाउन पेमेन्ट, एचओए शुल्क वा मोर्गेज इन्सुरेन्स र ३० बर्षको ७ दशमलव ०५ प्रतिशत ब्याजदरको मोर्गेज गणना गरिएको छ । आवासमा २८ प्रतिशत भन्दा बढी खर्च नगरी घरको स्वामित्व लागतहरू कभर गर्न आवश्यक वार्षिक आयमा आधारित रहेर यो सुची प्रकाशित गरिएको हो ।

ती राज्यहरुमा मिसिसिपी, ओहायो, अर्कान्सास, इन्डियाना, केन्टकी, आयोवा, ओक्लाहोमा, मिशिगन, मिसौरी, लुजियाना, अलाबामा, कन्सास, नर्थ डकोटा र वेस्ट भर्जिनिया रहेका छन् । जसमा सबैभन्दा धेरै वेष्ट भर्जिनियामा बार्षिक आय ७४ हजार ९ सय ५७ हुनुपर्छ भने सबैभन्दा कम मिसिसिपीमा ६३ हजार ४३ डलर आम्दानी हुनुपर्छ ।

यी राज्यहरूमा मध्य मूल्य भएका घरहरूको लागत ३ लाख डलर वा कम छ भने अमेरिकामा मध्यम घरको मूल्य औषतमा ४ लाख २ हजार डलर रहेको छ । यसको विपरित औषत ७ लाख ३९ हजारको घर किन्न बार्षिक आम्दानी औषतमा १ लाख ९७ हजार हुनुपर्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com