प्यालेष्टाइन समर्थक प्रदर्शनमा उत्रिएका विद्यार्थीहरु कोलम्बिया युनिभर्सिटीबाट निलम्बन, अरुको पहिचान गरिने


प्रकाशित मिति : बैशाख ६, २०८१ बिहीबार

न्युयोर्कको कोलम्बिया युनिभर्सिटीले क्याम्पसको मर्निङसाइड हाइट्समा प्रदर्शनमा उत्रिएका प्यालेष्टाइन समर्थक कैयन विद्यार्थीहरुलाई युनिभर्सिटीबाट निलम्बन गरेको छ । प्रदर्शनमा उत्रिएका कम्तिमा तीन विद्यार्थीहरुलाई निलम्बन गरिएको छ, जसमा मिनिसोटाका सांसद इल्हान ओमारकी छोरी इसरा हिर्सी समेत रहेको जनाइएको छ ।

अनधिकृत प्रदर्शनहरुमा भाग लिने विद्यार्थीहरूलाई निलम्बन गरिएको कोलम्बिया युनिभर्सिटीले जनाएको हो । त्यस्ता विद्यार्थीहरुको पहिचान जारी राख्ने र आगामी दिनमा पनि निलम्बनका औपचारिक सुचनाहरु पठाउने युनिभर्सिटीको भनाई छ ।

बिहिबार बिहान प्रदर्शनको क्रममा धेरै व्यक्तिहरूलाई पक्राउ गरिएको थियो । तर कतिजनालाई पक्राउ गरियो भन्नेबारे प्रहरीले केही खुलाएको छैन । तर बिहिबार विहान युनिभर्सिटीको गेटबाट कम्तीमा ५ जनालाई पक्राउ गरिएको थियो ।

न्यु योर्क स्टक एक्सचेन्ज बाहिर सोमबार, इजरायल प्यालेस्टाइन द्वन्द्वमा युद्धविरामको माग गर्दै प्रदर्शनमा प्रदर्शनकारीलाई पक्राउ गर्दै प्रहरी । (एपी फोटो / एन्ड्रेस कुडाकी)

कोलम्बिया युनिभर्सिटीका सयौं विद्यार्थीहरूले दर्जनौं पालहरू खडा गरेर बुधबार बिहान ४ बजेदेखि म्याराथन विरोध सुरु गरेका थिए । ब्रोडवेबाट क्याम्पसमा सार्वजनिक पहुँच अझै पनि अवरुद्ध रहेको छ । प्रर्दशनकारीहरु विरोध समर्थकहरू वेष्ट ११६ स्ट्रीटमा युनिभर्सिटीको गेट बाहिर सुतेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इजरायलसँग सम्बन्धबाट कोलम्बिया युनिभर्सिटी अलग नभएसम्म प्रदर्शन जारी राख्ने प्रदर्शनकारीहरुको योजना रहेको छ । उनीहरुले नरसंहारमा संलग्न कम्पनीहरूबाट युनिभर्सिटी अलग हुनुपर्ने, कोलम्बियाको लगानीको पारदर्शिता हुनुपर्ने र मारमा परेका सबै विद्यार्थीहरूको लागि पूर्ण माफी हुनुपर्ने लगायतका माग गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com