इमिग्रेशन अपडेट - Page 3 of 69 - KHASOKHAS

इमिग्रेशन अपडेट

अमेरिकामा थप ३० हजार अस्थायी विदेशी कामदार भिसाको कोटा पूरा

आर्थिक बर्ष २०१९ का लागि अमेरिकामा कृषि बाहेकका अन्य विदेशी अस्थायी कामदार भिसाका लागि प्रयाप्त आवेदन प्राप्त भइसकेकाले थप आवेदन नलिइने युएससीआईएसले जनाएको छ । अतिरिक्त अधिकतम ३० हजार अस्थायी कामदार भिसा एच टु बीका लागि प्रयाप्त आवेदन प्राप्त भइसकेको युएससीआईएसले स्पष्ट पारेको छ । गत मे ८ देखि युएससीआईएसले अस्थायी कामदार भिसाका लागि आवेदन …

अमेरिकी कामदार भिसाका लागि शीघ्र प्रकृया सुरु

आर्थिक बर्ष २०२० का लागि बचेका सिमाबन्दी लागेका एचवान बी आवेदनहरुमा युएससीआईएसले जुन १० देखि शीघ्र प्रकृया सुरुवात गर्ने भएको छ । जुन १० देखि लागु हुनेगरी आवेदकहरुले आफ्नो आवेदन प्रकृयामा रहेको सेवाकेन्द्रमा शीघ्र प्रकृयाका लागि फर्म आई ९०७ आवेदन दिनसक्ने युएससीआईएसले जनाएको छ । गत मार्च १९ मा युएससीआईएसले दुईचरणमा शीघ्र प्रकृयाको लागि आब्हान …

अब अमेरिकाको भिसा आवेदन दिंदा सामाजिक सञ्जालको विवरण बुझाउनुपर्ने नियमको ब्याख्या

अब अमेरिकाको आप्रवासी वा गैर आप्रवासी दुबै प्रकारको भिसा आवेदन डीएस १६० वा डीएस २६० दिंदा विगत ५ बर्षमा प्रयोग गरेका सबै सामाजिक सञ्जालको विवरण बुझाउनु पर्ने नियम सुरु भएको छ । हामीले यसको व्याख्या गरेका छौं । पूरै भिडियो युट्युबमा हेर्नुहोला ।

अमेरिकी सरकारले थप्यो कामदार भिसाका आई १२९ आवेदन अस्वीकार गर्ने २ कारण

अमेरिकी सरकारले कामदार भिसा एच, एल लगायत ओ, पी, क्वु, आर लगायतका भिसाका लागि आवश्यक फर्म आई १२९ अस्वीकार गर्ने कारणहरु बढाएको छ । अगस्त ५ देखि लागु हुने गरी युएससीआईएसले आवेदक वा सेवाग्राहीको नाम र प्राथमिक अमेरिकी कार्यालयको ठेगाना नभएका आवेदनहरु अस्वीकार गर्ने भएको छ । युएससीआईएसले हस्ताक्षर नभएका, उपयुक्त शुल्क नभएका, मान्यताप्राप्त नगरेका …

टीपीएस कस्ले बिलम्ब रि रजिस्ट्रेसन गर्नुपर्छ ? कस्ले पर्दैन ? (भिडियो)

टीपीएसको बिलम्ब रि रजिस्ट्रेशन कस्ले गर्नुपर्छ वा कस्ले गर्नु पर्दैन भन्ने बारेमा अमेरिकाका चर्चित नेपाली कानुन व्यवसायी रमेश श्रेष्ठले स्पष्ट पार्नुभएको छ । कार्यक्रम टक अफ द टाउन इमिगे्रशन अपडेटमा खसोखासका प्रधानसम्पादक किशोर पन्थीसँग कुराकानी गर्दै उहाँले यसबारे स्पष्ट पार्नुभएको हो । हेर्नुहोस् कुराकानीको सम्पूर्ण भिडियो । 

अमेरिकी भिसाको फर्म भर्दा सामाजिक सञ्जालको विवरण बुझाउनुपर्ने प्रावधान सुरु

अब अमेरिकी भिसाका लागि आवेदन दिंदा आवेदकले सामाजिक सञ्जालका विवरणहरुसमेत बुझाउनु पर्ने भएको छ । आवेदकले विगत पाँचबर्षमा प्रयोग गरेका सामाजिक सञ्जालहरुको विवरणहरु भिसा फर्म भर्दा नै बुझाउनुपर्ने भएको छ । भिसा फर्म डीएस १६० मा सामाजिक संजालको विवरण बुझाउने छुट्टै सेक्सनको व्यवस्था गरिएको छ । जसमा आवेदकले विगत पाँचबर्षमा प्रयोग गरेका फेसबुक, ट्वीटर, इन्स्टाग्राम, …

यसरी चेक गर्नुहोस् डिभी लोटरी परे नपरेको

गत अक्टोबर ३ देखि नोभेम्बर ६ सम्म डिभी लोटरी भरेकाहरुले आर्थिक बर्ष सन् २०२० का लागि भरेको डिभी लोटरीको नतिजा २०२० को सेप्टेम्बरसम्म  चेक गर्न सक्नेछन् । विजेताहरुले सन् २०१९ को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न थाल्नेछन् भने सन् २०२० को सेप्टेम्बरको अन्त्यसम्ममा भिसा प्राप्त गरिसक्नुपर्नेछ । अमेरिकी सरकारले आर्थिक बर्ष २०२० का डिभी …

अमेरिकामा परिवारमा आधारित कुन ग्रिनकार्ड पाउन कति समय ?

अमेरिकाका विभिन्न प्रकारका ग्रिनकार्डका श्रेणीहरु रहेका छन् । फरक फरक श्रेणीका ग्रिनकार्ड प्राप्त गर्नका लागि फरक फरक अवधि लाग्ने गर्छ । खासगरी परिवारमा आधारित, रोजगारमा आधारित र डिभी लोटरीमा आधारित ग्रिनकार्ड प्राप्त गर्नका लागि नेपालीहरुलाई एकबर्षदेखि १३ बर्षसम्म लाग्ने गर्छ । चीन, भारत, मेक्सिको र फिलिपिन्सका नागरिकलाई केही श्रेणीका लागि लाग्ने अवधि नेपालीहरुका लागि भन्दा …

डिभी लोटरीको रिजल्ट मे ७ देखि

आर्थिक बर्ष सन् २०२० का लागि भरेको डिभी लोटरीको नतिजा आगामी मे ७ देखि आउने भएको छ । गत अक्टोबर ३ देखि नोभेम्बर ६ सम्म डिभी लोटरी भरेकाहरुले न्युयोर्क समय अनुशार मे ७ तारिख दिउसो १२ बजेदेखि आफूलाई डिभी लोटरी परे नपरेको चेक गर्न सक्नेछन् । विजेताहरुले सन् २०१९ को अक्टोबर १ देखि अमेरिकाको भिसा …

अमेरिकामा ६५ हजारको कामदार भिसाका लागि ५ दिनमा २ लाख आवेदन, लोटरीबाट छानियो

अमेरिकामा कामदार भिसा एचवानबीको ६५ हजारको कोटाका लागि ५ दिनमा २ लाख १ हजार ११ आवेदन परेको युएससीआईएसले जनाएको छ । आर्थिक बर्ष २०२० को कामदार भिसाका लागि अप्रिल १ देखि ५ सम्म आवेदनहरु स्वीकार गरिएको थियो । परेका आवेदनहरुबाट कम्युटरबाट अटोमेटिक रुपमा लोटरी प्रणालीबाट आवेदनहरु छनौट गरिएको छ । छनौट भएका आवेदनहरुलाई थप प्रकृयामा …

WP Facebook Auto Publish Powered By : XYZScripts.com