अमेरिकामा भेंडा चराउने आउनेका लागि भिसामा नयाँ नियम, जुन १ देखि लागु हुने


प्रकाशित मिति : कार्तिक २८, २०७६ बिहीबार

अमेरिकी युएससीआईएस आज एक नीति प्रकाशित गर्दै बाख्रा वा भेंडा चराउने वा पाल्ने अस्थायी विदेशी कामदारहरूका लागि अन्य अस्थायी कृषि मजदुरहरू सरह मापदण्ड लागु हुने जनाइको छ । एच टु ए भिसाका बाख्रा वा भेंडा चराउने वा पाल्ने अस्थायी विदेशी कामदारहरूले केवल अस्थायी वा सिजनल कामको परिपूर्तिमात्र गर्न सक्ने कुरा सुनिश्चित गर्न उक्त नीति जारी गरिएको जनाइएको छ ।

भेडाबाख्रा चराउनेहरुका आवेदनहरु पनि अरु अस्थायी वा सिजनल एच टु ए भिसाका आवेदन सरह नै प्रकयामा लगिने भएको छ । यदि आवेदकले भेडाबाख्रा चलाउनेहरुलाई ३६४ दिनका लागि नै बीचमा कुनै छुट्टीविना कामदारका रुपमा राख्न चाहेका खण्डमा त्यस्ता आवेदनहरु अस्वीकार गरिने युएससीआईएसले जनाएको छ । रोजगार दाताले अस्थायी र सिजनल आवश्यकताका रुपमा त्यस्ता कामदार चाहिएको कुरा अनिवार्य पुष्टी गर्नुपर्नेछ ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एचटुए भिसा अमेरिकामा अस्थायी रुपमा कृषिका क्षेत्रमा कामदार ल्याउनका लागि लक्ष्यित भिसा हो । नयाँ नीतिमा एच टु ए कार्यक्रममा कुनै परिवर्तन ल्याइएको छैन । तर अन्य एच टु ए भिसा सरह नै बाख्रा र भेंडा चराउनेहरुको भिसा पनि प्रकृयामा लौजाने कुरा सुनिश्चित गर्न खोजिएको छ ।

सन् २०२० को जुन १ देखि बाख्रा भेंडा चराउनेहरुको भिसा पनि एच टु एका अन्य अस्थायी कामदार सरह प्रकृयामा लगिने जनाइएको छ । उक्त नीतिका लागि डिसेम्बर १४ सम्म कमेन्ट अवधि राखिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com